दशैंमा ३० करोडको फलफूल बिदेशबाट आयात हुने
काठमाडौं२१ ,असोज । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् ।
दशैंमा चीनबाट करिब २० करोडको आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।
‘दशैंमा स्याउको माग दोब्बरले बढ्छ, अहिले चीनबाट दैनिक जसो ५०-६० गाडीमा डेढ सय टन स्याउ भित्रिरहेको छ, दशैंभरीमा ६०० कन्टेनर स्याउ भित्रिन्छ चाइनाबाट’, उनले भने । भारतबाट स्याउको आयात कम हुने गरेको उनले जानकारी दिए । ६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेको उनको भनार्इ छ ।
दशैंका लागि ५०-६० टन केरा भारतबाट आउने उनले बताए । ‘आन्तरिक उत्पादनले ४० प्रतिशत माग धान्छ, करिब ३-४ करोडको केरा भारतबाट आउँछ दशैंको लागि’, उनले भने । आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताउँछन् ।
स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।
वाषिर्क सात अर्वको फलफूल विदेशबाट
नेपाल फलफूलमा निर्भर हुन नसक्दा वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ । केरा, स्याउ, सुन्तलाको खेती हुँदै आएपनि त्यसले मुलुकभरको माग धान्न नसक्ने भएकाले विदेशी फलफूल आयात गर्नै पर्ने बाध्यता छ । तर किसानले भने सरकारले फलफूल खेतीका लागि उपयुक्त वातावरण नबनाइदिएको र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नतर्फ नलागेको गुनासो गर्छन् ।
वर्षभरिमा फलफूल आयातको परिमाण हेर्दा करिब ७ अर्वको हाराहारीको रकम वर्षेनी बाहिरिने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए । सरकारको फलफूलको आयातमा भन्सार मुल्याकंन बढाएकोले लागत बढेको उनले बताए ।
‘देशभित्रैको उत्पादनले धान्दैन, आयात गर्नुपर्ने अवस्थामा भन्सार बढाएर उपभोक्तालाई नै मार पर्ने हो’, उनले भने । यस वर्ष वर्षातका कारण फलफूल उत्पादन समेत घटेकाले आयात बढ्ने उनको भनाई छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...