ताजा समाचार

चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने

काठमाडौं २१, असोज। मुलुकभित्र र  चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने भएको छ।
दशैंलाई लक्षित गरि मनाङ, मुस्ताङ र उत्तरी छिमेकी चीनबाट ल्याइएका च्याङ्ग्रा कलंकीस्थित खसिबजारमा सोमबार आइपुग्ने काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताए। उपत्यकामा खाद्य संस्थानले एक हजार र निजी क्षेत्रका व्यावसायीले तीन हजार हाराहारी च्याङ्ग्रा ल्याउन लागेका छन्।

विगतका वर्षमा दशैंका बेला ५० हजार भन्दा बढी खसीबोका आउने गरेको छ। दशैंमा खपत हुने खसीबोका मध्ये ६० प्रतिशत भारतबाटै आउँछ। अरु  समयमा भने ५० प्रतिशत भन्दा बढी नेपाली खसीबोकालेनै माग धान्ने गरेको उनले बताए।खाद्य संस्थानले भने असोज २४ गते घटस्थापनाको दिन मात्रै खसीबोका तथा च्याङ्ग्रा काठमाडौमा ल्याउने योजना बनाएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए।

खाद्य संस्थानमा खसीबोका राख्न समस्या हुने र हिमाली जिल्लाबाट ल्याएका च्याङ्ग्रा धेरै दिन सम्म काठमाडौमा राख्दा तापक्रम नमिलेर मर्ने भएकाले ढिला ल्याउन लागिएको हो। संस्थानले एक हजार च्याङ्ग्रा र एक हजारनै खसीबोका काठमाडौं ल्याउँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org