अन्तत वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने भए , रामवीरले राजीनामा दिँदै
काठमाडौँः बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।
वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।
नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए ।
नेकपा उच्च स्रोतका अनुसार राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर नेताहरुले रामवीरलाई मनाउन सफल भएका हुन् । बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका रामवीर मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
मानन्धरले १८१०२ मत पाएका थिए भने विक्रमबहादुर थापाले १००७९ मत पाएका थिए। उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।
मानन्धरले यस अघि २०७० सालमा सम्पन्न दास्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए। रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेताकारूपमा परिचित छन् ।
मानन्धर नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा कडारूपमा बोलेर चर्चित भएका थिए । शेरबहादुर देउवाको सरकारलार्इ भ्रष्टाचारीहरुको अड्डाको संज्ञा दिँदै उनले निगमको जग्गा खरीद प्रकरणमा भएको अनियमितताबारे चर्कोरूपमा प्रस्तुत भएका थिए ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












