ताजा समाचार

सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं२४, काठमाण्डाै।  सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सरकारी वकिलको कार्यालय पोखरामा कार्यरत रहेका  सहन्यायाधिवक्ता थापाले ठगी मुद्दा सर्वोच्चसम्म पुग्न नदिने भनी ५ लाख घुस लिएका हुन्। थापालाई ५ लाख रकम सेवाग्राहीसँग लिदै गर्दा बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालतमा चलेको एक ठगी मुद्दा उच्च अदालतवाट अन्तिम गराई उनको पक्षमा फैसला गराइदिने सर्तमा थापाले रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता रमेश ढकालले बताए।

उनलाई थप अनुसन्धाननका लागि काठमाडौं ल्याइँदै छ। विशेष अदालतमा उनीमाथि भ्रष्टाचार मुद्दा चल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org