ताजा समाचार

उदयपुरमा जबरजस्ती करणीमा परेकी बालिका विद्यालयबाट विस्थापित

उदयपुर २४, असोज । उदयपुरमा कक्षा १० मा अध्ययनरत अर्थात एसईई परीक्षाको तयारी रहेकी छात्रा परिवर्तित नाम मनमाया जबरजस्ती करणीमा परेपछि विद्यालयबाटै विस्थापित भएकी छिन् । गत बैशाख २८ गते कटारी नगरपालिका ४ सिम्ले पानी ट्याङकी बस्ने ३५ वर्षिय दिपेन्द्र कोइरालाले जबरजस्ती करणी गरेपछि बालिका विद्यालयबाटै विस्थापित भएकी छिन् ।

कटारी नगरपालिकाकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत अर्थात एसइई परीक्षाको तयारीमा रहेकी बालिका बलात्कृत भएपछि उनी विद्यालयबाट विस्थापित हुन पुगेकी हुन् । उनी पढ्ने विद्यालयका प्रधानाध्यापकका अनुसार विगत साढे चार महिनादेखि मनमाया विद्यालयमा अनुपस्थित रहेको बताए । मनमाया गत जेष्ठ महिनामा ७ दिन मात्रै विद्यालय आएपनि त्यसपछिका दिनहरुमा कुनै हाजिरी नरहेको बताए । एसईई परीक्षा फर्म भर्ने समय आएपनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले बताए । प्रधानाध्यापकका अनुसार गत जेष्ठमा ६ गतेदेखि ९ गते, विचमा २३ गते र जेष्ठको अन्तिम ३० र ३१ गतेमात्रै विद्यालयमा उपस्थित रहेको हाजिरी पुस्तिकाले देखाउँछन । उनी प्रथम त्रैमासिक र अर्धवार्षिक परिक्षामा समेत अनुपस्थित भएको विद्यालयका प्रधानाध्यापकले बताए । मनमाया पढ्नमा राम्रै रहेपनि अहिले विद्यालयमा अनुपस्थित भएको ४ महिना भैसकेको छ । प्रधानाध्यापकले भने–‘अभिभाकले यस विद्यालयमा पढ्न नसक्ने भन्दै लिएर गएको हो तर, अन्य कारण आफुलाई थाह भएन ।’ पीडितका अभिभावकका अनुसार बालिकालाई मानसिक तनाव, विद्यालयमा जाँदा पनि त्यही घटना झल्को आई रहने, पढ्न मन नलाग्ने, त्यही घरमा बसेर पढ्दा राती आफै तर्सनले लगायतका कारण घर लिएर आएको बताए ।

पीडितका बुबाका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका दिपेन्द्र कोइराला उदयपुर जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भएको बताए । कोइरालाले आफनै घरमा डेरा गरि बस्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय कटारीले असार १३ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमामा बुझाएका थिए । अभियुक्त कोइरालालाई पक्राउ गरेर अनुसन्धान गर्ने र मुद्धा चलाउने अधिकार इलाका प्रहरी कार्यालय कटारीलाई हुँदा हुँदै सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरि कारबाही अगाडी बढाउनु पर्नेमा असार १४ गते बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट फरार गराएको पिडितको भनाई रहेको छ । पक्राउ परेकालाई मुद्धा दर्ता गर्न प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टलाई भन्दापनि कुनै सुनुवाई नै नगरेको अभिभावकको गुनासो रहेको छ । एसपी भट्टको कार्यकालमा अभियुक्त कोइराला फरार भएका हुन् । प्रहरी कार्यालयले त्यस समय मुद्धा दर्ता नगरी आलटाल गर्दै मिलापत्र गराउन खोजेको पीडितको अभिभावकको गुनासो रहेको छ ।

पीडक प्रहरी कार्यालयबाटै भाग्यो, पक्राउ गरेर हामीलाई न्याय दिनु पर्यो भन्दा पनि एसपी भट्टले कुनै चासो नदिएको पीडितका अभिभावकको गुनासो रहेको छ । बलात्कारीलाई उनका भाई राम कोईरालाले प्रहरीकै आँखा अगाडी राजाबास–चुहाडे–मुर्कुची–नेपालटार हुँदै भागको जानकारी प्रहरीलाई दिँदा पनि प्रहरीले पक्राउ गर्न कोशिस नगरेको पीडितका अभिभावले आरोप लगाए । पीडितका अभिभावकले भने–‘प्रहरीले पक्राउ गर्न चाहेको भए राजाबास, चुहाडे, मुर्कुची, नेपालटारसम्ममा पक्राउ गर्ने थियो, तर, एसपी भट्टले नचाहेर अपराधि फरार भएको हो ।’

एसपी भट्टलाई प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको सूचना बमोजिम २०६४ साउन १७ गते दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट उदयपुर सरुवा भएर आएका थिए भने उदयपुरबाट २०७५ साउन १६ गतेबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखरामा सरुवा भएर गएको छ । सिसी क्यामरा र बलियो सुरक्षा घेराभित्रबाट पीडक कोइराला फरार हुनु रहस्य लुकेको पीडितका बुवाले बताए । पिडितका आफ्न्तका अनुसार आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट उनकै भाई राम कोईरालाले प्रहरीकै सामुन्ने मोटरसाईकलमा चढाएर भगाएको आरोप रहेको छ ।

फरार भएका कोइरालालाई पक्राउ गरि कारबाही गर्न उजुरी दिएर पटक पटक प्रहरी कार्यालय पुग्दा प्रहरीले कसरी अपराधि चिन्नु फोटो लिएर आउनु भन्दै टार्ने गरेको पिडितका अभिभावकले बताए । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयमा असार २१ गते नै मुद्धा दर्ता भएर आवश्य प्रक्रियाको लागि यस कार्यालयमा पत्र आएको बताए । उनले भने, ‘मुद्धा दर्ता हुनु अधि यस कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियौ तर, के किन छोडियो थाह भएन, जिल्ला प्रहरी कार्यालयमै बुझन अनुरोध गर्दछु ।’

स्रोतका अनुसार प्रहरी आफु चोखिन घटना घटेको दिनदेखि नै बलात्कारी फरार भएको वारदाती मुचुल्का तयार गरेको बताए । कोईरालाका आफन्तले भने धाक धम्की दिँदै मिलापत्रका लागि ५ लाखको प्रस्ताब गरेको पीडितको अभिभावकले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org