अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ
फिदिम २४ असोज।माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो ।
पाँचथरमा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट दैनिक झण्डै ४०० किलो मासु बिक्री वितरण हुने गरेको पाइएको छ । बिक्री वितरण व्यवस्थित र स्वच्छ रुपमा बिक्री वितरण हुन नसकेको अनुगमन टोलीको निष्कर्ष छ । दशैँलगायत पर्वलाई केन्द्रित गरी टोलीले यहाँका माछा मासु पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा माछा मासु काट्ने हतियारमा खिया लाग्नुका साथै राम्रोसँग सफा नगरेको पाइएको छ । “माछा मासु पसलमा सरसफाइ न्यून रहेको पाइएको छ,” जिल्ला पशुसेवा कार्यालयका पशु सेवा प्राविधिक नीरज भट्टराईले भने “पशुको बध गर्ने स्थान निकै फोहर रहेको पाइएको छ । बिक्री वितरण गर्ने स्थान दुर्गन्धित हुँदा मासुको स्वच्छतामा कमी पाइएको छ ।”
अनुगमनका क्रममा बधशाला र बिक्री स्थलमा पानीको निकास र सरसफाइ हुन नसकेको, साँघुरो ठाउँमा राँगा तथा बङ्गुरको मासु बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले व्यवसाय दर्ता नगरी सञ्चालित माछा मासु पसललाई कानूनी दायरामा ल्याउन सुझाव दिएको छ । अनुगमनमा पशुसेवासँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, फिदिम नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । रासस
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...