अमेरिकामा सय वर्षपछिको सबैभन्दा खतरनाक आँधी, अकल्पनीय विनाशको चेतावनी
एजेन्सि । अमेरिकाको फ्लोरिडा राज्यको तटमा माइकल नामको आँधी पुगेको छ । यो आँधी श्रेणी चारमा परिवर्तन भइसकेको छ अर्थात् अत्यधिक खतरनाक आँधी । राष्ट्रिय आँधी केन्द्रका अनुसार बुधबार दिउँसोको आँधीले फ्लोरिडाको मेक्सीको बीचमा पहिलो कदम राखेका थियो ।
फ्लोरिडाका गवर्नर रिक स्कटले यसलाई अकल्पनीय विनाशको चेतावनी भएको बताएका छन् । उनले यसलाई सय वर्षमा सबैभन्दा खतरनाक आँधी बताएका छन् ।
मध्य अमेरिकामा गत हप्ताको अन्त्यमा आँधी, वर्षा र बाढीका कारण १३ जनाको मृत्यु भएको खबर छ । अहिलेको माइकल आँधी दुई सय ५० किलोमिटर प्रतिघण्टाको गतीमा बढिरहेको छ ।
फ्लोरिडामा हज्जारौं नागरिकलाई आफू बस्ने स्थान खाली गर्न निर्देशन दिइएको छ तर धेरैजना निस्कन सकेका छैनन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरुलाई निकाल्न सजिलो नभएको बताएका छन् ।
चेतावनीः
ट्रम्पले भने, ‘यीमध्ये केहीका लागि आफ्नो स्थान छोड्नु त्यति सजिलो छैन । केही क्षेत्र निकै गरिब छ । कुनै आवश्यक धनबिना आफ्नो स्थान छोड्नु सजिलो छैन । हामीले उनीहरुका लागि बस पठाएका छौं । उनीहरुलाई उक्त क्षेत्रबाट निकाल्नका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’
माइकल आँधी अमेरिकाको पूर्वी तटमा तीब्र रुपमा बढ्नेछ र उक्त इलाकामा अत्यधिक वर्षा हुनेछ । यो त्यही इलाका हो जुन पछिल्लो महिना आएको फ्लोरेन्स आँधीको क्षतीबाट माथि उठ्न सकेको छैन ।
राष्ट्रिय आँधी केन्द्रले तटीय इलाकाका बासिन्दालाई खतरनाक हावा तीब्र रुपमा बढ्ने भएकाले शान्त वातावरण देखेर बाहिर ननिस्कन नयाँ चेतावनी जारी गरेको छ ।
फ्लोरिडामा तीन लाख ७० हजार बढी बासिन्दालाई इलाका खाली गर्न र अग्लो स्थानमा जान आदेश दिएको छ तर अधिकारीले निकै कम मानिसले मात्र इलाका छोडेको अनुमान गरेका छन् । गभर्नर रिक स्कटले अब त्यहाँबाट निस्कने समय समाप्त भइसकेको चेतावनी दिएका छन् ।
‘यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने तपाईं आफ्नो घर नछोड्नुहोस् किनभने त्यहाँबाट निस्कने समय गुज्रिसकेको छ । स्थानीय अधिकारीको कुरा सुन्नुहोस् । यदि तपाईंहरु इनल्याण्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंसँग आश्रय लिनका लागि अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीलाई सुरक्षित लागेको बेला मात्र । यदि तपाईंले इलाकाबाट निस्कने निर्णय लिनुभएको छैन भने कृपया आश्रयका लागि स्थान खोज्नुहोस् । शरणको स्थान खोज्नुहोस् ।’
राष्ट्रिय विपत्ति प्रबन्धन एजेन्सीका निर्देशक ब्रोक लांगले ह्वाइट हाउसमा राष्ट्रपतिसमक्ष सन् २००१ भन्दा अघि बनाइएका भवनले उक्त आँधीको सामना गर्न सक्षम नभएकाले आफू चिन्तित भएको बताएका छन् ।
अलाबामा र जर्जियाका साथै फ्लोरिडामा पनि संकटकालको घोषणा गरिएको छ ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...