कुनै बहानामा निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण रोकिनु हुँदैन् :विज्ञहरू
काठमाडौं २६ असोज । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आगामी ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसँग माग समेत गरेको छ ।
समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ,‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।’
समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे । उनले भने,‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस् । सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ ।’
उक्त गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उनले भने,‘त्यस्तै यो क्षेत्रमा ११० विघा नम्बरी जग्गा छ । वातावरण भन्दापनि विनाशकोबारेमा अध्ययन गर्न आवश्यक छ । अनावश्यक रुपमा जंगल फडानी गर्नुहुँदैन् । बन विनाश हुन्छ भनेर बहस गर्ने विषयपनि होईन । यो योजना अन्तै सर्नेपनि सम्भावना र विकल्प छैन् ।’
आयोजना प्रमुख ओम शर्माले उक्त परियोजना निर्माणको प्रगति विवरणबारे प्रकाश पारेका थिए । उनले भने,‘अहिले नदी नियन्त्रणको काम भैरहेको छ । सेनासँग समन्वयको कार्यपनि जारी छ । र, जग्गाको मुआब्जा वितरण गर्ने काम पनि जारी छ ।’
त्यस्तै उनले एक लाख २८ हजार रुखमध्ये २५ हजारमात्रै सालको रुख रहेको पनि सुनाए । उनले भने,‘तीन लाख २५ हजार चाहीँ पोल काठ छन् । बस्तीको सहज स्थानन्तरणेका लगिपनि हामीले अध्ययन गरिरहेका छौं ।’
नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरु रहेको सुनाए । उनले भने,‘टिआईएमा एकमात्रै धावन मार्ग छ, त्यस्तै नजिकै पहाड छन् । यतिमात्रै होईन हाम्रो विमास्थलमा भिजिविलीटीपनि कम छ । यसले गर्दा अबको एक दशकभित्र विमान अवतरणमा ठूलो समस्या आउँदैछ । यसतर्फ सचेत हुनुपर्छ ।’
त्रिभुवन विमानस्थलले मात्रै अब अन्तर्राष्ट्रिय उडानहरु धान्न नसक्ने भएका कारण चाँडो भन्दा चाँडो निजगढ लगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने उनको धारणा छ । उनले थपे,‘हाम्रो सरकारले अब पर्यटनको विकासबाट देशको ग्रामिण विकासलाई विकास गर्ने नीति लिनुपर्छ ।’
काठमाडौंबाट नजिकैको क्षेत्र रहेकोले निजगढ देशकै लागि उपर्युक्त विमानस्थल बन्ने उनको विश्वास छ । उनले भने,‘हामी अब ईण्डियन एयर स्पेशमामात्रै कहिलेसम्म निर्भर रहने ? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले हवाई अवतरणमा सुरक्षित रहनेछ ।’ उनले फाष्ट ट्रयाक र निजगढ विमास्थलले देशको मुहार फेर्न सक्ने पनि विश्वास दिलाए ।
नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले २०५० सालमा राष्ट्रिय हवाई नीति सार्वजनिक भएयता २०५३ मा संशोधन भएको सुनाए ।
उनले भने,‘२०५० साल यता यो विमानस्थल निर्माणको काम सरकारले अभ्यासको रुपमा मात्रै गरिरहेको छ । अहिले विभिन्न बाधा तथा व्यवधानहरु अघि सारेर योजना नै असफल बनाउन लागिपरेका छन् । तर, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हवाई मार्गलाई स्थापित् गराउन यो योजनाले भूमिका निर्वाह गर्नेछ ।’
नेपाल अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट छुटेको बताउँदै उनले भने,‘२४ लाख रुख काट्ने भनेर बजारमा गलत समाचार प्रवाह गरिएको छ । यस्तो अफवाह विकास हुँदैन् ।’ विदेशी प्राविधिकको टोलीले पनि लोकेशन मन पराएको कारण ‘एभरेष्ट एयर रुट’ को माध्यमले संसारलाई चिनाउन सजिलो बनाउनेपनि उनले विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा पूर्वाधार विज्ञ ई. डा. सुर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैलेपनि विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘यो आयोजनालाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्छ । किनकी यो आयोजना एशियाकै उत्कृष्टमा परेको छ ।’
आचार्यले फाष्ट ट्रयाक निर्माणको विषयमा सरकारको ध्यान जानुपर्ने बताए । उनले भने,‘निजगढ विमास्थललाई जोडेर फाष्ट ट्रयाक छिटोभन्दा छिटो निर्माण गर्नपनि सरकारको ध्यान जाओस् । विकासको नयाँ पहल चालोस् । विकास र वातावरणको सन्तुलन मिलाउन सक्नुपर्छ ।’
उनले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवीहरु अहिले निजगढ विमानस्थल निर्माण गर्नु हुँदैन भनेर चलखेलमा लागेको आरोप लगाए । उनले भने,‘हाम्रो देशमा तीन किसिमका वातावरणसम्बन्धीका मान्छेहरु छन् एकथरी छन्–वातावरणकर्मी, अर्को वातावरण विकासवादी, त्यस्तै अर्कोथरि छन्–वातावरणजिवी । यी मध्ये वातावरणजिवीले चलखेलमा लागेर विमानस्थल बनाउन नदिने षड्यन्त्र गरिरहेका छन्।’
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई छुटाउने तयारी
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...