ताजा समाचार

कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन

काठमाडौँ २७ असोज । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता बाँस्तोलाको क्लिनिकल्ली डेथ भएको न्यूरो अस्पतालले जनाएको छ ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात ‘ब्रेन ह्यामरेज’ भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगााव, कहिले न्यूरो अस्पताल बाासबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो ।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्ति कथा लेखिनै सक्दैन । बाँस्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org