टिप्स : जागिरका लागि अन्तर्वार्ता दिंदा के गर्ने ?
यदि तपाई आफ्नो पेशागत जीवनको सुरुवाती समय वा वर्षहरुमा हुनुहुन्छ भने काम गर्न जाँदा तपाईले प्राप्त गर्ने तलववारे निकै अन्योलता र तलव स्केलका विषयमा कुरा गर्न गाह्रो पर्नु स्वाभाविक हो ।
अब कर्मचारीको तलबबारे मानसिकता परिवर्तन गर्ने समय आईसक्यो । salary.com ले एक हजार राेजगारदाताहरूमा गरेको अध्ययनले बताउँछ कि ७३ प्रतिशत राेजगारदाताहरूले अन्तरवार्तामा उम्मेदवारहरुले तलवबारे गहकिलो संवाद गरुन्, केहि चुनौतीपूर्वक संवाद गर्न पाऊँ भन्ने आशा राख्दछन् । त्यसैले, तलवबारे कुरा गर्न अफ्ठेरो मान्नु पर्दैन ।
१) आफ्नो वर्तमान तलब र अपेक्षा गरेको तलबबारे कुरा नगर्नु
राेजगारदाताः ‘तपाईको बिगतको जागिरमा तलव र अन्य आयश्रोत कस्ता थिए ? अब समयमा कस्तो अपेक्षा छ ?’
उमेदवार: ‘म आफ्नो बिगतको तलबबारे खासै कुरा गर्न चाहान्न । अब आउँदो भविष्यमा म के-कस्तो योगदान दिन सक्छु भन्ने कुरामा नै आफूलाई केन्द्रित राख्न चाहन्छु । मैले कुनै निश्चित अङ्क सोचेर राखेको छैन । मलाई भन्दा धेरै त हजुरलाई थाहा छ कि मबाट के-कस्तो कामको अपेक्षा राखिएको छ र ती अपेक्षा गरेका सीप मभित्र छन् भने त्यसको मुल्यांकन हुन्छ भन्नेमा म ढुक्क छु । मेरो लागि यो जागिरले जिम्मेवारीको बोध गराओस, मलाई जवाफदेही बनाओस् । र, यसले मेरो जिविकोपार्जनको लागि संघर्ष गर्न नपरोस्, आफ्नो काममा संघर्ष गर्न सकू ।’
२) अफर (offer) गरेको तलबलाई मूल्यांकन गर्न सिकौं
तलव/पैसाको आवश्यकता तपाईलाई किन छ भन्ने कुरामा आफू प्रस्ट हुनुपर्छ । यदि तपाईको मेडिकल खर्च, पढाई खर्च अफिसले बेहोर्छु भनेको छ भने सायद तपाईको खर्चको ठूलो भाग पैसा नभए पनि पूरा हुन सक्छ है । विवेक पुर्याउनुस् । कमिसन, बोनस र अन्य सुबिधाहरुले काम गर्न बढि प्रेरित गर्ने हो, तलबले होइन । त्यसैले अन्य बोनसहरु जित्ने प्रतिबद्ता गर्नुस् । तलबले मान्छेलाई सुस्त र अल्छि, कहिले कहिँ लोभी पनि बनाउँन सक्छ । त्यसैले, विवेक पुर्याउनुस् तलव भनेको पनि पैसा हो । बोनस, कमिसन, सुबिधा पनि पैसा नै हुन् । यदि अन्य सुबिधामा धेरै फाईदा भेट्नुहुन्छ भने तलबको विषयमा धेरै संवाद नगरी स्मार्ट (smart) रहन सकिन्छ ।
३) आफ्नो तह, भूमिका, योग्यता र अनुभावबारे अनुसन्धान गरौं
बजारमा तपाईको सीप, क्षमताको सरदर तलव कति हो ? तपाईले सरदर भन्दा धेरै तलव लिए, सरदर भन्दा के कति बढी योगदान दिने, सरदर भन्दा थोरै तलब लिए तपाईको सीप, क्षमतामा के कमजोरी छ र आफूलाई कसरी सुधार गर्ने बारे मन्थन अवश्य गर्नुहोस् ।
४) व्यक्तिगत भन्दा पेशागत आवश्यकतालाई माथि राखेर कुरा गरौँ
मेरो र मेरो परिवारको यस्ता-त्यस्ता आवश्यकता छन् र घर खर्च चलाउन यति तलब भए मात्र पुग्छ भन्ने कुरा व्यक्त नगरेको राम्रो । कुनै पनि कार्यालयमा हुदाँ, पेशागत जीवनलाई पहिलो प्राथमिकता बनाउन सिकौं । मलाई आफ्नो काम सहजताका साथ गर्न यी श्रोतहरुको आवश्यकता पर्दछ र यी सुविधाहरु मैले पाउन सके, काममा राम्रो प्रस्तुति दिने प्रतिबद्धता व्यक्त गर्दै तलवको कुरा अघि बढाउँ ।
यी भए केहि प्रारम्भिक ज्ञान, अन्य एडवान्स टिप्स केहि समयमा हाम्रो कथाले फेरी पनि प्रस्तुत गर्ने छ ।
हामीले यो खबर हाम्रोकथा अनलाइनबाट लिएका हौं ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












