ताजा समाचार

तेल चुहावट रोक्न आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट

काठमाडौं ८,असोज।  ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ। निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार बुधबारसम्ममा १ हजार ९ सय ट्यांकरमा यस्तो लकिङ फिट गरिएको छ।

निगमले बुधवार अल्लाहवाद ‘टर्मिनल’बाट तेल ढुवानी गर्ने ट्यांकररमा लकिङ फिट गरेसँगै भारतीय आयल निगमका डिपोबाट नेपाल आयल निगमको डिपोसम्म तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाउने काम सकिएको छ।

नेपाल आयल निगमले भारतीय आयल निगमका बरौनी, रक्सौल, बेतालपुर, मुगलसरा, गोन्डा, अलाहवाद र बन्थरा डिपोबाट तेल आपूर्ति गर्छ। ‘ती सबै डिपोबाट तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाइएको छ,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।

आयल निगमले फिट गरेका ती ताला भारत सरकारले उपलब्ध गराएको थियो। भारतीय आयल निगमले २ हजार २ सय ताला नेपाल आयल निगमलाई प्रदान गरेको थियो।

पहिलो चरणको ताला लगाउने काम सकिएसँगै अब दोस्रो चरणको काम सुरु हुने उनले बताए। ‘कतिपय ट्यांकरले त आफैं पनि ताला लगाउन थालेका छन्,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।

निगमले ‘सुरक्षित लकिङ प्रणाली’ सम्बन्धी कार्यविधि यसअघि नै जारी गरिसकेको छ। सोही कार्यविधिले तोकेको अनुसार ट्यांकर धनी आफैंले पनि आफ्नो गाडीमा ताला लगाउन सक्ने निगम बताउँछ।

दोस्रो चरणमा निगमको डिपोबाट पेट्रोल पम्पसम्म पुग्ने ट्यांकरका लागि ताला लगाउन लागिएको हो। दोस्रो चरणका लागि करिब १० हजार ताला आवश्यक पर्ने निगमको भनाइ छ। एउटै ट्यांकरले धेरै बिक्रेताका लागि तेल ढुवानी गर्ने र त्यसका लागि छुट्टाछुट्टै ताला आवश्यक पर्ने भएकाले उक्त संख्या ठूलो हुने निगम बताउँछ।

ट्यांकरमा ताला लगाएपछि त्यसको एउटा साँचो निगमसँग हुनेछ। तेल ढुवानी गरेर हिँडेपछि एकैपटक सम्बन्धित पम्पमा मात्र ताला खोल्न मिल्ने भएकाले बीचमा अपचलन हुने सम्भावना रहँदैन।

आगामी माघभित्र दोस्रो चरणको ताला फिट गरिसक्ने दाबी भट्टराईले गरे

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org