२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता शाह सम्मानित
काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रूपमा लागिरहेको विश्वास दिलाएका छन् ।
नेपाल कलवार कल्याण समिति काठमाडौंले रिपोर्टर्स क्बल नेपालमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।
समितिका अध्यक्ष रामचन्द्र शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालमा साहसिक खेलको बारेमा सरकार लागिरहेको बताउँदै खेल क्षेत्रलाई विभिन्न शीर्षकमा राखेर भएपनि विकास गरिने बताए ।
भारतीय संस्था राईट दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धुनषाका ३४ वर्षीया दीपककुमार साहलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालका हिमाल, पहाड र नदीका तिरमा साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र सरकारले त्यसको बारेमा सोचिरहेको जनाए ।
उनले भने,‘आफ्नै तयारी, इच्छा, चाहना र लगावको आधारमा दीपकजीले नेपालको शीरलाई फेरी एकपटक विश्वमा चिनाउन सफल हुनुभयो, राष्ट्रिय सम्पत्तिको रूपमा आफूले साहसिक योद्धा घोषणा गर्नुभयो, वीरहरूको देशका नागरिकहरू पनि वीर छन् र हुन भनेर संसारलाई सन्देश दिनुभयो, यसमा नेपाल सरकारको तर्फबाट तपाईलाई हार्दिक बधाई छ, सम्मान छ ।’
कार्यक्रममा रेसका विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरूले भाग लिएका थिए, साँढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जितें, यो मेरो जित होईन, देशको जित हो, अघिल्लो वर्षपनि भाग लिएको थिएँ, खुट्टा भाँचियो, यो वर्ष मैले उपाधि जितें, बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थें, बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थें त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भएँ ।’
रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए ।
उनले भने,‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिएँ, देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिएँ ।’
सम्मान कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. डम्बर नारायण यादव, कांग्रेस नेता भरत खड्का, क्लबका सभापति ऋषि धमला, नेपाल–भारत पुस्ताकालयका प्रमुख महेश शर्मा लगायतले रेस विजेता साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाहरूको कदर गर्नुपर्नेमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












