‘वैद्य र विप्लव नै ठिक’
काठमाडौं । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।
कट्टेलले वर्तमान सरकार दलाल पूँजिवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने,‘ओली–प्रचण्डजीहरू आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरूलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रूपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’
उनले अघि थपे,‘गोरो मानिसलाई काले भनेर बनाउँदैमा कालो हुने, र कालाको मानिसलाई गोरे भनेर बोलाउँदैमा त्यो गोरो हुन्छ, भन्ने होईन, कम्युनिष्टको नाम बेचेर खानेहरुले होशियार हुनुपर्छ ।’
निर्वाचन आयोगले हिजोमात्रै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको कुरा सञ्चार माध्ययममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरु त्यसको बिरुद्धमा अदालत जानेपनि जानकारी दिए ।
उनले भने,‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेलपनि हो । जनता यसप्रति सजग हुनुपर्छ । निर्वाचन आयोगलेसमेत गल्ती गरेको छ, उहाँहरुले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ, हामीले अदालतमा पनि बलजफ्ती गरेको भेट्यौं भने त्यसपछि बलजफ्तीको विकल्प हामीपनि अपनाउँछौं, जसले जति बल गर्नसक्छ सक्छ ।’
उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी दिए । अध्यक्ष कट्टेलले अनुचित काममा हात नहाल्न प्रचण्ड–ओलीलाई समेत कडा चेतावनी दिएका छन् ।
उनले भने,‘सरकारी शक्तिको भरमा अनुचित कामहरु हुँदैछन्, त्यही अनुचित कामकाबिरुद्धमा हामी अदालत जान्छौं, सरकारी पत्रिका गोरखापत्रले लेख्छ (नेकपा) ले आधिकारिकता पायो, यस्तो पनि हुन्छ ? सञ्चारमाध्यायमहरूले पनि बुझ्नुपर्ने कुरा हो, कम्युनिष्टको कुनै विचार, आचरण, व्यवहार नभएको पार्टी हो, ऊ नेकपा होइन, संसदीय विर्सजनवाद र यथास्थितिवादी मानिसहरुको पार्टी हो, उसका कार्यशैली, कामहरु, ब्यवहारहरू, योजनाहरू, हेर्दा थाहा हुन्छ, ऊ दक्षिणपन्थी र बिर्सजनवादी बनिसकेको मान्छेहरूको झुण्ड हो ।’
नेपालको कम्युनिष्ट आन्दोलनले विर्सजनवादको बाटो ताक्दै गर्दा आन्दोलन भएको स्मरण गर्दै आफूहरुले कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने पनि उनको भनाई छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












