भारतको नागरिक उड्ययनको विकासका लागि नेपालमा छलफल
काठमाडौँ । भारतीय वाणिज्य, उद्योग तथा नागरिक उड्ययनमन्त्री सुरेश प्रभाकर प्रभु र नेपाली ईं दिपेन्द्र कँडेलबीच भारतको नागरिक उड्ययनको विकास र स्तरोन्नतीकोलागि विशेष छलफल भएको छ ।
मन्त्री प्रभाकरको कार्यकक्षमै उनीहरुबीच छलफल भएको कँडेलले जानकारी दिएका छन् । उनले भने,‘भारतीय नागरिक उड्ययनमन्त्रीसँग आईकाओले भारतलाई दिँदै आएको ६६ प्रतिशत अंकबाट ५७ प्रतिशतमा झारेको भनेर पहिलोपटक जानकारी गराउने मान्छे म हुँ । मैले उहाँलाई यो अंक अति नै न्यून हो, यसलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्छ भनेर सुझावसमेत दिएँ । यसो गर्न सकियो भनेमात्रै देशलाई स्तरोन्नती गर्न सक्छौं ।’
कँडेलका अनुसार सन् २०१७ मा सम्पन्न आईकाओको ‘युनिभर्सल सेफ्टी ओभरसाईट अडिट प्रोगाम’ले भारतलाई उक्त अंक दिएको हो । उनले भने,‘आईकाओले भारतलाई दिएको यो अंक निकै कम हो । यो निर्धारित लक्ष्य अकं भन्दापनि कम हो ।’
कँडेलले भारत सरकारसँग यो क्षेत्रको विकास र स्तरोन्नतीको लागि सहकार्य गर्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने,‘यो कुरा मैले स्वयम् भारतीय मन्त्री प्रभाकरलाई पनि आग्रह गरेको छु । म युएईको मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्टसँग सहकार्यमा काम गर्दै आईरहेको छु । अहिले युएईको ¥यांकिङपनि विश्वकै नम्बर एकमा छ । त्यसैले म युएईको सहकार्यमा काम गर्न चाहन्छु । युएई एक नम्बर रहनुमा महामहिम शेख मोहम्मद बिन रसिद अल मोक्तुमको दुरदृष्टि र उनीद्धारा गठित थिंक ट्यांकको साथ र सहयोग महत्वपूर्ण छ ।’
नेपालमा आधिकारिक रूपमा दर्ता गरिएको कँडेलको थिंक ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले पनि दक्षिण एशियाली तथा दक्षिण अफ्रिकी देशहरुको नागरिक उड्ययनको अवस्थालाई पनि स्तरोन्नती गर्दै विद्यमान अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने कँडेलको उद्देश्य छ ।
कँडेलले यसअघि नै नेपालको नागरिक उड्यनन प्राधिकरणको विकास र स्तरोन्नतीको लागि काम सुरु गरिसकेका छन् । कँडेलका अनुसार अहिलेसम्म उनले नेपालभित्र तथा बाहिरका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया समेत गरिसकेका छन् ।
उनले भने,‘मेरो पहिलो योजना अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलाई पूनर्निमाण गराउने रहेको छ । यसको लागि म अहिले दिनरात सरकारी तथा निजी दुवै क्षेत्रसँग सम्वादमा छु । सरकारले सकारात्मक सन्देश दिए तत्काल् काम अगाडि बढाउन सकिन्छ भन्नेमा पनि म पूर्ण विश्वस्त छु ।’
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












