बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो
ढाका । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उहाँमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिनुभयो ।
बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी) ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहनु भएको छ ।
आगामी संसदीय निर्वाचनमा जियालाई सहभागी हुनबाट रोक्ने गरी अदालतबाट एकपछि अर्को आदेश आएको विपक्षीहरुको भनाइ छ । बङ्गलादेशका महान्यायाधीवक्ता महाबुबे अलामले उच्च अदालतबाट सफाई नपाएको अवस्थामा जियाले चुनावमा भाग लिन नपाउने बताउनुभयो ।
प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको आरोपमा सात वर्षका लागि गत फेब्रुअरीदेखि थुनामा राखिएको छ ।
पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।
पछिल्लो आदेशका कारण हसिनामाथि जियाले राजनीतिक चुनौती दिने सम्भावना घटेर गएको छ । बीएनपीका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।
जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा फैल्याएको र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दा पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि गम्भीर रहेको छ । उहाँलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।
जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उहाँका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।
गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...