संसद्को भूमिका कर्मकाण्डी मात्रा छ : सांसद् त्रिपाठी

सुमित्रा कार्की/ काठमाडौँ । नवलपरासीबाट एमालको सूर्य चिन्हमा चुनाव जितेर सांसद् बनेका हृदयश त्रिपाठीले संसद्को भूमिका कर्मकाण्डी मात्र भएको बताएका छन् । मंगलबार एक राष्ट्रिय दैनिकलाई अन्तर्वार्ता दिंदै सांसद् त्रिपाठीले उक्त कुरा बताएका हुन् ।
त्रिपाठीले भने, ‘‘संसद्को भूमिका कर्मकाण्डी मात्र छ । संसद्को नेतृत्व सरकारले संसद्लाई हेर्ने दृष्ट्रिकोण प्रतिपक्षीको भूमिकामा निर्भर हुन्छ ।’’
आफूलाई अझै पनि स्वतन्त्र सांसद् भन्न रुचाउने त्रिपाठीले अझै नेकपाको घरभित्र नपसेको बताउँछन् । अन्तर्वार्तामा उनले भने अनुसार उनी अब छिट्टै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्र प्रवेश गर्न लागेको खुलासा समेत गरेका छन् । यस सम्बन्धी धनीभूत छलफल पनि भइरहेको उनको भनाई छ ।
सांसद त्रिपाठीको राजनीति यात्रामा उनले विभिन्न पार्टीको शीर्ष भूमिकामा रहेर राजनीति गरे । प्रकारान्तरले उनी आवद्ध पार्टी कहिले क्षेत्रीय पार्टीमा सीमित भयो भने कहिले राष्ट्रिय पार्टी समेत बन्न पुग्यो । राजीतिक धरातलबाट करिब–बरिब बिलाउने अवस्थामा पुगिसकेका त्रिपाठीले बुद्धि पु¥याएर २०७२ सालको चुनाबमा वाम गठबन्धन ‘अहिलेको नेकपा’ सँग मिलेर चुनाव जिते । अहिले सांसद्को भूमिकामा छन् । उनी चुनावको बेला सम्झँदै भन्छन्–‘‘तत्कालिन नेकपा एमालेले आफूहरूलाई चारसिटमा र आफूहरूले एमालेलाई ६ सीटमा सहयोग गर्याै । ’’ त्रिपाठीले चुनाव भड्कीलो खर्चिलो मात्र नभएर गैर–राजनीतिक व्यक्तिको आलिमुहाली भएको बताए ।
‘‘मधेसमा कम्युनिष्ट पार्टी लोकप्रिय हुन सकेको छैन । मधेसी दलले पनि मधेसमा जातिय द्वन्द्व गराउने काम गरे सांसद् त्रिपाठी थप्छन, ‘‘मधेसमा मधेस–मधेसी भन्दा जातिय एकाई विभाजित गरियो ।’’ उनले अब समस्याको पहिचान गरी संस्थागत संरचना वा कानूनमा त्यसको समीक्षा गरेर अगाडि नबढेसम्म सुशासन र समृद्धि आउन नसक्ने बताए ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












