राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक
काठमान्डाैं। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएकि छिन ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गरेकी थिईन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरेका थिए।
सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।
कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताएका छन् ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्ता भएको जानकारी गराउँदै उनले भनिन, “भेटमा नेपाली प्रतिनिधिमण्डलद्वारा कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरियो ।”
कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवद्र्धन, सुरक्षासम्बन्धी विषयमा विस्तृत कुराकानी भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफूले पनि कतारका श्रममन्त्रीसँग छुटै भेटवार्ता गरेको जानकारी दिइन् ।
भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उनले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्नेलगायत विषयमा पनि कुराकानी भएको जानकारी दिइन्। उक्त विषयलाई कतारले सकारात्मकरुपमा लिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएकाछन् ।
कतारी पक्षले सम्पूर्ण कामदारको हितलाई ध्यानमा राखेर एक कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको बताउँदै उहाँले कामदार छनोट प्रक्रियामा सहजीकरणका लागि छुट्टै केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको जानकारी गराएका छन् ।
भ्रमण अवधिमा मुख्य गरी तीन दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “दुई मुलुकका सरकारी र कूटनीतिक राहदानीवाहकका लागि प्रवेशाज्ञा अनुमति दिने विषयले उच्चस्तरीय भेटघाट र भ्रमणलई सहज बनाउनेछ ।”
कृषि तथा खाद्य सुरक्षामा भएको सम्झौताले यस क्षेत्रमा सहयोग आदानप्रदानको बाटो खोलेको छ । नेपालमा जैविक खेती प्रवद्र्धन गर्ने सम्बन्धमा समेत विस्तृत छलफल भएको उनले बताए ।
दस्तावेजले दुई मुलकका सुरक्षा अधिकारीबीच पनि सुरक्षाका क्षेत्रमा मिलेर काम गर्ने विषयलाई पनि समेटेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
कतार चेम्बरद्वारा आयोजित कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्नुका साथै त्यहाँका निजी लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको उनले बताए ।
राष्ट्रपति भण्डारीले त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा कतारमा कार्यरत नेपाली कामदारसँग भएको भेटमा सिकेको ज्ञान, सीप र दक्षता तथा आर्जन गरेको रकम नेपालको विकासमा लगानी गर्न आह्वान गरेका थिय । नेपालीको उक्त भेलालाई परराष्ट्रमन्त्री ज्ञवालीले पनि सम्बोधन गरेका छन्।
बिहीबार त्यहाँका सरकारी अधिकारी र निजी क्षेत्रका लगानीकर्ताले राष्ट्रपतिसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले नयाँ विमानस्थल निर्माण, जलविद्युत्, शुद्ध खानेपानी एवं खाद्य क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत थिय ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












