एक घर एक स्काउट आवश्यक : मरासिनी

सुमित्रा कार्की/काठमाडौँ । नेपाल शान्ति स्काउटका संस्थापक तथा हालका प्रमुख आयुक्त सुधन मरासिनीले ‘एक घर एक स्काउट’ को अवधारणा ल्याउनु पर्ने बताएका छन् । उनले समग्रमा स्काउटका अवधारणाहरू, लक्ष्यहरू र कार्यहरू समाज र राष्ट्रहीतका निम्ति महत्त्वपूर्ण रहेको बताए । दिपावली, नेपाल सम्बत् ११३९ र छठ पर्वको अवसरमा आफ्ना शुभचिन्तक र सदस्यहरूबीच शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मरासिनीले उक्त कुरा बताएमा हुन् ।
नेपाल शान्ति स्काउटले छोटो अवधिभित्रै राम्रा कामहरू गरेको भन्दै अझै उत्साहित भै शान्ति, भाइचारा र सामाजिक तथा परोपकारी कार्यहरूलाई सशक्त रूपमा अगाडि बढाउँदै लैजाने कुरामा एकजुट भएर लाग्ने भन्दै शुभकामना आदानप्रदान गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले परोपकारी तथा सामाजिक उत्थानका कार्यहरूमा नगरपालिका सहकार्य र सहयोग गर्न तयार रहेको कुरा बताएका थिए । राष्ट्रिय आयुक्त एम्. पी. मैनालीले विश्वका १९०भन्दा बढी देशहरुमा स्काउटका संगठनहरु सक्रिय रहेका र सरकारले सहयोग गरेमा नेपालमा पनि स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र स्थापना गर्न सकिने बताए ।
कार्यक्रममा राष्ट्रिय आयुक्त मिलन कार्कीले स–साना नानीहरुदेखि पाका उमेरका मानिसहरू पनि स्काउटमा आबद्ध गराउन सकिने बताउँदै सभ्य र सुस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












