देउवाले गच्छदारलाई उपसभापति बनाउने तयारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । कांगेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा विधान संशोधन मस्यौदा समितिले पेश गर्ने विधानको मस्यौदा र महासमिति बैठक, लेखा परिक्षण समिति गठन र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीककरणका बेला भएको सहमति बारेमा छलफल हुने जानकारी दिए ।
गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिने लगभग निश्चित जस्तै छ ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमसँगको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने प्रस्ताव ल्याउने तयारी गरेको कांग्रेस उच्च स्रोतले जानकारी दियो । गच्छदारको व्यवस्थापनका विषयमा नेता रामचन्द्र पौडेलसहित अन्य नेताको पनि विमति नभएपनि सभापतिको व्यवहारका कारण आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
तर नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत संस्थापन इतर समूहले विधान मस्यौदा समितिमा छलफल भएको केन्द्रीय समितिको संख्या बढाउँदा पदाधिकारी पनि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । तर संस्थापन पक्ष अहिले पदाधिकारीको संख्या नबढाउने अवस्थामा छ । पदाधिकारीको संख्या बढाउँदा संस्थापन इतरका नेताहरु एकठाउँमा रहन सक्ने बुझाइ सभापति देउवाको रहेको स्रोत बताउँछ ।
विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिको संख्या अब १ सय २५ पुर्याउने प्रस्ताव गरेको छ । समितिले अहिले कायम ६ पदाधिकारी र १ सय २५ केन्द्रीय सदस्य रहने गरी प्रस्ताव तयार पारेको छ भने संस्थापन इतर समूहले तीन उपसभापति, तीन महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष गरी ११ पदाधिकारीको विकल्प अघि सारेको छ ।
यदि विधान मस्यौदा समितिले आफूहरुको धारणा समावेश नगरे महासमितिमा छुट्टै प्रस्ताव लैजाने चेतावनी संस्थापन इतर समूहले दिएको छ । त्यसका लागि सोमबार नेता पौडेल निवासमा छलफलसमेत भएको थियो । सो समूहले पार्टीको आगामी विधान सहमतिका साथ पारित गर्नका लागि साझा धारणा बनाएर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको संस्थापन इतर समूहको बैठकले विधानको मस्यौदामाथि हुने छलफलमा सहमतिका साथ पारितका लागि साझा धारणा बनाएर प्रस्तुत हुने सैद्धान्तिक सहमति गर्दै सभापतिले नमाने छुट्टै धारणा महासमितिमा लैजाने तयारी गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकमा सहमतिका साथ पार्टीको विधान पारितका लागि एकजुट भएर प्रस्तुत हुने बारेमा छलफल भएको नेताहरुले बताएका छन् । रोल्पा कांग्रेसका सभापति अमरसिँह पुनले पार्टीको संशोधन हुन गइरहेको विधान र विधान पारितका लागि सहमति जुटाउन अपनाउने रणनीतिका बारेमा छलफल भएको बताए ।
‘‘केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदामा उल्लेख गरेका केही विषयहरुमा हाम्रो केही फरक मान्यता छ । तिनै फरक मान्यताहरुलाई मिलाएर सहमतिका साथ जानुपर्छ । सर्वसम्मत नै जानु पर्दछ भन्ने हामीहरुको मान्यता हो । यही विषयमा सामान्य छलफल भयो,’’ उनले बाह्रखरीसँग भने ।
विधान पारितका लागि संस्थापन समूहले बहुमत प्रयोग गरेर विधान पारित गर्न खोजे संस्थापन इतर समूहले फरक मतसहित आसन्न महासमिति बैठकमा प्रस्तुत हुने समेत रणनीति बनाएको छ ।
‘‘विधानको मस्यौदा प्रस्तुत भएपछि त्यसलाई अध्ययन गरेर, पढेर, छलफल गरेर एउटा सहमति निकाल्ने प्रयास हुन्छ, नभए फरक मतसहित हामी महासमितिमा जान्छौं,’’ पौडेल निवासमा बसेको बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिँह केसीले भने, ‘‘संविधानले गरेको व्यवस्था समेटिने गरी हामीले पार्टीको विधान निर्माण गर्नुपर्दछ । त्यही विधान निर्माणका लागि हामी सबैको साझा सहमति हुन सकोस् भन्ने हो । अन्यथा महासमितिमा विवाद उत्पन्न हुने र निष्कर्षमा पुग्न नसकिने स्थिति आउन सक्छ ।’’
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई छुटाउने तयारी
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...