श्रीलङ्काका राष्ट्रपतिद्वारा संसद विघटन
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गर्नुभएको छ ।
आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नु भएको हो ।
सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनु भएको छ ।
राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गर्नु भएको थियो ।
सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गर्नु भएका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय हुनुहन्छ र साथै विवादास्पद हुनुहुन्छ ।
उहाँले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गर्नुभएको समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए ।
राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो ।
राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भन्नु भएको छ । उहाँको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।
राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उहाँले दाबी गर्दै आउनु भएको छ ।
श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् ।
राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन् ।
सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ ।
आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक संकट सृजना भएको हो । रासस/एएफपी
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...