अब मन्त्रिपरिषद्को निर्णय पत्रकार सम्मेलन गरे सुनाइने
काठमाडौँ । अब मन्त्रिपरिषद्को निर्णय पत्रकार सम्मेलन गरे सुनाइने भएको छ । सरकारका प्रवक्ताले प्रत्येक साता पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् वैठकले गरेको निर्णय सुनाउने छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि बाहिर निस्किएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरिसँग बोल्दै उक्त कुरा बताएका हुन् । मन्त्री बाँस्कोटाले भने–आज धेरै विषयमा छलफल भयो, आवश्यक निर्णयहरू गरिएको छ। समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नु हुन्छ।सधैँझैं मन्त्रिपरिषद् बैठकपछि निर्णय सुन्न बालुवाटार पुगेका पत्रकार उनको कुराले अलमलिए।
मन्त्री बाँस्कोटाले थपे– विस्तृतमा दिनका लागि केही प्रबन्ध गर्दैछौं। फरक व्यवस्थाका साथ आउँछौं होला। मन्त्रिपरिषद् निर्णय पनि सरकारले लुकाउन खोजेको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ। प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूले सूचना लुकाउन नभइ व्यवस्थित गर्न मन्त्रिपरिषद्लगत्तै निर्णय सार्वजनिक गर्ने चलन रोकिएको बताएका छन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्णय लुकाउन नभइ अझ विस्तृत र व्यवस्थित रूपमा दिन नयाँ चलन सुरु गर्न लागेको बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सातामा एक दिन पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्ले गरेका निर्णय र सरकारका कामबारे जानकारी दिने तयारी भइरहेको जानकारी दिए।
सातामा एक दिन सिंहदरबारमा सरकार प्रवक्ताले पत्रकार सम्मेलन गरेर के निर्णय भयो र किन यस्तो निर्णय भयो भन्ने जानकारी दिनुहुन्छ, अर्यालले भने, ‘त्यो पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णयसँग सरकारका अरू कामबारे पनि उहाँले बोल्नुहुन्छ। पत्रकारले प्रश्न पनि सोध्न पाउँछन्।’ मन्त्रिपरिषद् निर्णयबारे हतारमा सबै कुरा भन्न नसकिने, राम्ररी रिपोर्टिङ पनि नहुने भएकाले नयाँ व्यवस्था ल्याउन लागिएको अर्यालले बताए।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












