प्रचार–प्रसार नहुँदा ओझेलमा उदयपुरको बेतिनी भन्ज्याङ

न्युज–नेपाल संवाददाता / उदयपुर बेतिनी । उदयपुरको कटारी नगरपालिकास्थित बेतिनी भन्ज्याङ पर्यटनको लागि मुख्य आकर्षकको गन्तव्य भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । उक्त स्थलमा छिनमा घाम लाग्ने, छिनमा कुहिरो लाग्ने र गर्मी याममा पनि चिसो हुने गर्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यस ठाउँको संरक्षण, संवद्र्धन र प्रचार गर्न सके मुलुकको पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् ।
बेतिनी भन्ज्याङको बजार ब्यबस्थापन, पर्यटनको लागि खानबस्नको सुविधा भए बेतिनी भन्ज्याङ पर्यटनको लागि आर्कषक गन्तव्य बन्न सक्ने स्थानीय केशव वस्नेतले बताए ।
पूर्व क्षेत्रकै पुरानो व्यापारिक केन्द्र कटारि बजारदेखि २२ किलोमिटर उत्तरमा पर्ने यस क्षेत्रमा घण्टा–घण्टामा मैसम परिवर्तन हुन्छ । पूर्वको पशुपति भनेर चिनिने खोटाङ हलेसी यही बाटो हुँदै जान्छ । बेतिनि यस्तो स्थान हो जहाँबाट सगरमाथा, भारत तथा नेपालको तराईको भू–भागको अवलोकन गर्न सकिन्छ ।
कटारि नगरपालिका ११ का वडा अध्यक्ष दीपक क्षेत्रीले भने,‘बेतिनि पर्यटनको एकदमै समभावना बोकेको ठाउँ हो । यहाँ हामीले भियुटावर देख्न सक्छौं । हलेसीसँग केबलकारको बिषयमा पनि हामीले छलफल अगाडि बढाएका छौँ । यहाँबाट २१ किलोमिटर तलजाँदा भित्री मधेस रहेपनि २१ किलोमिटरकै उचाइमा यस्तो ठाउँ हुनु राम्रो हो ।’
बेतिनी अहिले पनि परम्परागत उत्पादन पाउन सकिन्छ । फलफूल, सागसब्जी पनि पाउन सकिन्छ । तराईका बासिन्दा गर्मी मैसममा चिसोको लागि आउँछन् । पिकनिक मनाउनको लागि पनि यस ठाउँमा आउने गरेको स्थानीय बताउँछन् ।
केन्द्रीय तथा प्रदेश सरकार र स्थानिय तहले पर्यटन क्षेत्रको पहिचान र विकास गरी पर्यटनका माध्यमबाट रोजगारिको अवसर सिर्जना गर्ने नीतिलाई प्राथमिकतामा राखेका छन् । तर नीति एकातिर कार्यान्वयन अर्कोतिर हुने परिपाटीले बेतिनी भन्ज्याङजस्ता हजारौँ पर्यटकीय स्थलहरू ओझेलमा पर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












