ताजा समाचार

निर्मला हत्या प्रकरणः शंकास्पद ४ जनाको डीएनए मिलेन

 

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरे ।

निर्मलाका आमाबुबा बिरामी

निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।

कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।

उपचारका लागि पुग्नुभएका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् ।

फाइल तस्बिर 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org