ताजा समाचार

नेकपाको सबै तहका कमिटी एकीकरण टुंग्याइँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सबै तहका कमिटी एकीकरण टुंग्याउन मंसिर केही दिनमै सचिवालय र स्थायी कमिटी बैठक बस्ने भएका छन् ।

सचिवालय बैठकको मिति तय भइसकेको छैन तर, मंसिर ६ गतेदेखि बैठक बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँग कुराकानी भएको महासचिव बिष्णु पौडेलले बताए । सचिवालय बैठकमा पार्टी एकीकरणका सबै मोडल र प्रस्तावहरुमाथि छलफल हुने र त्यस लगत्तै स्थायी कमिटी बैठक बसेर एकीकरण अघि बढाइने पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक लगतै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको एकीकरण अघि बढाइनेछ । स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीहरुको एकीकरण भने प्रदेश र जिल्ला कमिटीहरुले गर्नेछन् । कतिपय प्रदेश कमिटी अन्तर्गत बिभिन्न जिल्लामा स्थानीय तहको एकीकरण सम्पन्न भइसकेको छ । प्रदेश ७ का अधिकांश जिल्लाका स्थायी तहको एकीकरण टुंगिने क्रममा रहेको अध्यक्ष कर्णवहादुर थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org