ताजा समाचार

‘सत्यनिरुपण र बेपत्ता आयोगले सोचेजस्तो काम गरेन’

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले बृहत् शान्ति प्रक्रिया पूरा भएको १२ वर्षसम्म पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम गर्न नसकेको उल्लेख गर्नुभयो । “हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन, संविधान निर्माण, तीन तहको निर्वाचन सम्पन्न गर्नु उपलब्धिमूलक कुरा हो, अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्छ,” उहाँले भन्नुभयो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म हुन नसक्नु दुःखद कुरा भएको उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले दुई आयोगले के कसरी काम गर्न सकेन दभन्ने कुरा अध्ययन गरेर काम गर्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारका कामकारवाही अपेक्षित मात्रामा नभएको कुरा प्रधानमन्त्री स्वयम्ले भनिरहेको उल्लेख गर्दै उहाँले जनअपेक्षित कामकारवाहीका बारेमा बिहिबारको सचिवालय बैठकमा समेत छलफल हुने जानकारी दिनुभयो । नेता रावलले नेकपाको प्रदेश, जिल्ला र वडा तहले चाँडै पूर्णता पाउने बताउनुभयो । नेता रावलले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन र पोलिब्यूरो गठनका लागिसमेत गृहकार्य शुरु भइसकेको जानकारी गराउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org