‘प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि अध्ययन आवश्यक’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकका प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को समापन कार्यक्रममा उहाँले मुलुकका बहुमूल्य खनिजको उपयोगमा विज्ञको ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता रहेकामा जोड दिनुभयो । भौगर्भिक अध्ययनबाट आर्थिक समृद्धिका लागि बहुमूल्य खनिजको उपयोग गर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान र मौलिक शिक्षाको खाँचो रहेको बताउनुभयोे ।
समाजका अध्यक्ष डा कविराज पौड्यालले तीन दिनसम्म चलेको सम्मेलनका क्रममा भएका छलफल र त्यसबाट निक्केका निष्कर्ष मुलुकको दिगो विकास र आर्थिक समृद्धिका लागि योजना तथा नीति बनाउन उपयोगी हुने बताउनुभयो । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले लाखौँ जनताको जीवन आधारका रुपमा रहेको चुरे क्षेत्रको भौगर्भिक अवस्थाका बारेमा जानकारी गराउँदै संरक्षणका लागि सबैको प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुली, समाजका उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलन आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद खनाल, सहसंयोजक रामप्रसाद घिमिरेलगायतले सम्मेलनका क्रममा भएका छलफलका बारेमा प्रकाश पार्दै मुलुकको विकास योजनामा त्यसको प्रयोग गर्नुुपर्नेमा जोड दिनुभयो । यही मङ्सिर ३ गतेदेखि शुरु भएको सम्मेलनमा विभिन्न १५ देशका करीब १५० भूगर्भवद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जीनीयरलगायत विज्ञको सहभागिता रहेको थियो । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












