सरकारले स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागेको देउवाको आरोप
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाउनु भएको छ ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताउनुभयो ।
नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उहाँको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने समय आएको बताउनुभयो । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले पुस १७ गते वर्तमान प्रधानन्यायाधीशको पदावधि सकिने भएकाले मङ्सिर १७ अगावै संवैधानिक परिषद्ले सिफारिश गर्नुपर्ने बताउनुभयो । खस्कँदो अवस्थामा रहेको स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, वसन्तराम भण्डारी, नेपाल बार एशोसियसनका महासचिव खम्बाबहादुर खाती, आयोजक समितिका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, उपाध्यक्ष सुरेश पौडेल, नेपाल लयर्स एशोसियसनका अध्यक्ष रुद्र नेपाल, राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी समूहका अध्यक्ष राजु बस्नेत, डिएलए काठमाडौँका अध्यक्ष प्रकाश रावल, नेपाल कानून आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशीलगायतले खस्कँदै गएको स्वतन्त्र न्यायपालिकाको साख उँचो बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
(तस्वीर र श्रव्य सामग्री उपलब्ध छ)
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












