ताजा समाचार

दुनियाँमा यस्तो पनि हुन्छ : प्रेमीको हत्या गरेर उसकै मासु पकाएर कामदारलाई बाँड्ने प्रेमिका

मोरक्को । मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई खान दिएको न्यायीक अधिकारीले बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको घटनामा मोरक्कोकी महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यहिँ कार्यरत पाकिस्तानी कामदारलाई दिएको खुलेको हो ।

ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको र घटना हालै मात्रै थाहा भएको छानबिनमा संलग्न भएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ती महिलाले प्रयोग गर्दै आएको ब्लेन्डर (मिक्चर) मा मानिसको दाँत भेटिएपछि घटनाबारे थाहा भएको हो । युएईको सरकारी पत्रिका द नेशनलका अनुसार ती महिलाले अपराध स्वीकार गरेकी छन्। उनले त्यो समयलाई पागलपनको अवस्था भनेको पनि खबरमा उल्लेख छ ।

अनुमानित ३० वर्षकी ती महिलाको अपराधका सम्बन्धमा अनुसन्धान भइरहेको छ । हत्या भएका व्यक्तिसँग उनी सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको ती महिलाले बताएकी छन् ।

उनले कसरी हत्या गरिन् भन्ने खुलाइएको छैन । तर प्रेमीको शरीरको मासु र भात नजिकै काम गर्दै आएका पाकिस्तानीलाई दिएको उल्लेख गरिएको छ ।

पीडितका भाइ भेट्न गएका बेला ब्लेन्डरमा मानिसको दाँत फेला परेपछि घटना बाहिर आएको हो । उनले आफ्ना दाइ बेपत्ता रहेको उजुरी दर्ता गरे । त्यसपछि दाँतको डिएनए परीक्षण भयो र घटना सार्वजनिक भयो । प्रस्तुत तस्बिर मासुको सांकेतिक मात्रै हो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org