ताजा समाचार

नयाँ शक्तिद्वारा निर्मलाका बुबाआमालाई एकलाख सहयोग हस्तान्तरण (भिडियोसहित)

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई भेट गरेका छन् । निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । डा.भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले निर्मला सबैको छोरी भएको बताए । उनले न्यायको लडाईमा आफ्नो साथ रहने पनि बताए । भेटमा नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ डा. भट्टराईले हस्तान्तरण पनि गरे ।

https://twitter.com/IsarojB/status/1066971886654029825

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org