प्रधानमन्त्रीले भिरेको ‘क्रिस्चियन अवार्ड’ को चौतर्फी विरोध, कसले के भने ?
काठमाडौँ । यतिखेर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा छ । चर्चा यसकारण छ कि उनले लगाएको तक्माको । उनलाई युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिन् । फाउण्डेसनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर नगद सहित पुरस्कृत पनि ग¥यो ।
यही कारणले सरकारलाई चौतर्फी हमला भएको छ । एसिया प्यासिफिक समिटको पनि राम्रो सन्देश विश्वमा फैलिएको छैन । नेपालमा क्रिश्चियन धर्म मौलाइरहेको अवस्थामा स्वयम् प्रधानमन्त्रीले नै अवार्ड थापेर धर्मको प्रचार गर्न नहुने कपितयको तर्क छ । जनतालाई भ्रमित पार्ने अभियान कहाँबाट प्रायोजित छ ? खोजीको विषय हो । धर्म प्रचारको मुद्दा जोडेर ओलीले ”आशीष लिने” भनेर जोडिएको हल्ला पनि यो पुरस्कारसँगै खण्डन भएको छ । केही चर्चित व्यक्तिको विरोध यस्तो छ । यी प्रतिनिधि उदाहरण मात्रै हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा लेखेका छन्–
सबैले भन्थे, मिशनरीले पचास हजार, एक लाख दिएर धर्म परिवर्तन गराउँछन् भनेर । मैले आजबाट रेट बढाएर एक लाख डलर गर्दिएको छु । क्रिस्चियन बनौँ, करोडपति बनौँ, समृद्ध होउँ । अनि दिनको एकपटक फादर मुनलाई सम्झौँ, शान्ती मिल्नेछ । शान्ती र समृद्धि हाम्रैपालामा ।
सबैले भन्थे, मिशनरीले पचास हजार , एक लाख दिएर धर्म परिवर्तन गराउँछन् भनेर । मैले आजबाट रेट बढाएर एक लाख डलर गर्दिएको छु । क्रिष्चियन बनौँ, करोडपति बनौँ, समृद्ध होउँ । अनि दिनको एकपटक फादर मुनलाई सम्झौँ, शान्ती मिल्नेछ ।
शान्ती र समृद्धि हाम्रैपालामा ।
— KP Sharma Koli (@Kpsharmakoli) December 2, 2018
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुरा भट्टराईको प्रतिक्रिया भने यस्तो रहेको छ–
आपत्ति कुनै कार्यक्रम आयोजना भएकोमा हैनसघोर आपत्ति कुनै धार्मिक एनजीओको सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा हो।कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन१यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ?
आपत्ति कुनै कार्यक्रम आयोजना भएकोमा हैन;घोर आपत्ति कुनै धार्मिक एनजीओको सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा हो।कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन!यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ? https://t.co/JluBoixUp4
— Baburam Bhattarai (@brb1954) December 1, 2018
लेखक खगेन्द्र संग्रौलाले ट्वीटरमा लेखेका छन्–
जल्ले गर्छ धर्मनिरपेक्षताको उपहास गर्दै इसाई माता हान मुनको सभक्ति सेवा,उसले खान्छ एक लाख डलरको स्वादिलो मेवा।बजाए त हाव ओली सरले !
हिन्दु धर्मकाे श्रेष्ठता र प्रभुत्वकाे वकालत गर्दै धर्मनिरपेक्षतालाई कलङ्कित तुल्याएर राजनीतिक धन्दा चलाउने एउटा राजावादी राप्रपा थियाे,अब अाेली सरकाे इसाईभक्तिकाे भूत थपियाे। अाेली सर कुन तृष्णा,लालसा वा लाेभले यति भयङ्कर इसाईभक्त भएका हुन् लाेकलाई थाहा चाहियाे मान्यवर!
जल्ले गर्छ धर्मनिरपेक्षताकाे उपहास गर्दै इसाई माता हान मुनकाे सभक्ति सेवा,उसले खान्छ एक लाख डलरकाे स्वादिलाे मेवा।बजाए त हाव अाेली सरले!
— Khagendra Sangroula (@belakoboli) December 2, 2018
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्–
तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो !
प्रधानमन्त्रीज्यु,
यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री (हामी सबैको प्रधानमन्त्री। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?
त्यसमा पनि देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन ?
कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?
हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। संभवतस् हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला। तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












