संवैधानिक परिषद्को बैठक स्थगित,भावी प्रधान न्यायाधीशको नाम सिफारिस भएन
काठमाडौँ । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् । सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले एक महीनाअघि नै नाम सिफारिश गर्ने परम्परा छ ।
न्याय परिषद्ले सिफारिश गरेका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद् मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ । बैठकमा प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे छलफल गरौँ भन्ने कुरा भए पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्ष दलका नेताका लागि समय अभाव रहेकाले आज कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले जानकारी पिदए ।
सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताए । परिषद्को अर्को बैठक यही मङ्सिर २२ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
नेपालको संविधाननुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् । साथै यसअघि कायम रहेका राष्ट्रिय दलित र राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि नेतृत्वविहीन छन् । बैठकमा प्रधानन्यायाधीश मिश्र र सभामुख कृष्णबहादुर महरा पनि सहभागी थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












