यूपीएफले प्रदान गरेको पुरस्कार फिर्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको चेतावनी, फिर्ता नगराए देशव्यापी आन्दोलन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेपछि यसको वर्सत्र आलोचना गर विरोध भएको छ । यसैबीच नेपाल तरुण दलले यो पुरस्कारको नाममा गरिएको कमिसन र भ्रष्टाचारको विरोधनमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ति निकाल्दै तरुण दलले चेतावनी दिएको हो ।
‘युपिएफसँगको संलग्नता गम्भीर त्रुटी निकै रहस्यमय देखिएको छ । उक्त संस्थलाई भित्री बाटोबाट सहयोग गरे वापत् प्रधानमन्त्री ओलीले एक लाख अमेरिकी डलरको पुरस्कार लिनु भनेको एउटा नौटङ्की मात्र हो ।’ तरुण दलले निकाले प्रेस विज्ञप्तिा भनिएको छ, ‘मन्त्रीपरिषद्को स्वीकृतिविना पुस्कार ग्रहण गर्नु कानुन विपरित त हुँदै हो यसका साथै कुनै संस्थाबाट विना कारण रकम लिनु भनेको खुल्ला कमिसन र भ्रष्टाचार पनि हो।’
तरुण दलले प्रधानमन्त्रीलाई गरिएको सम्मानको खुलम खुला कमिसन र भ्रष्टाचार जन्य क्रियाकलाप भएको बताएको छ । ‘यसको घोर भ्रत्सना र दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ,’यो कार्यक्रमको नाममा भएको खर्चको छानविन र कमिसन स्वरूप लिएको एक लाख डलर रकम तत्काल फिर्ता गर्न प्रधानमन्त्रीलाई तरुण दल सचेत गराउँदछ।’
प्रधानमन्त्रीले पाएको पुरस्कारमा १ लाख डलर थपेर कोष बनाउने मन्त्रिपरिषद् निर्णय
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो।
यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो। फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन्।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












