कैदी–बन्दी भन्छन् – थुनाबाट निस्किएर विदेश जानु नपरोस्
लिबाङ (रोल्पा), ४ चैत । विभिन्न अभियोगमा थुनामा परेका तथा विभिन्न अपराधमा सजाय भोगिरहेका कारागार कार्यालय, रोल्पाका कैदी–बन्दीलाई थुनाबाट निस्किएपछि विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
हातमा सीप, दक्षता तथा क्षमता नहुँदा उनीहरुले चिन्ता प्रकट गर्न थालेका हुन् । थुनाबाट निस्कँदा सक्षम र सबल बन्नका लागि उनीहरुले सरोकारवाला निकायसँग तालिमको माग गरेका छन् । “हामी केही गर्छाैं त्यसका लागि हामीलाई थुनामै तालिम चाहिन्छ”, उनीहरुले एउटै आवाजमा भने ।
काम गरिखाने उमेरमा परिवारको जिम्मेवारी पूरा गर्न नपाउँदै थुनामा परेपछि घरमा रहेका बालबालिकाको बिचल्ली भएको भन्दै उनीहरुले तालिमको माग गरेका हुन् । उमेरभर थुनामा बसेका कैदी–बन्दीलाई थुनाबाट निस्किएर पनि रोजीरोटीका लागि जहान छोराछोरी छोडेर विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेसँगै उनीहरुले क्षमता विकासका लागि तालिमको माग गर्नु परेको राससलाई बताए ।
करिब ४ वर्षपहिले देखि कर्तव्यज्यान मुद्दामा थुनामा रहँदै आएका लिबाङ–५ रोल्पाका हुकुम बुढामगरले थुनुवासँगै सिकेर विगत ३ वर्षदेखि मुढा बुन्ने काम गर्दै आएका छन् । तर सीप र दक्षताको अभावमा उहाँले सोचे अनुरुपको काम गर्न सकिरहेका छैनन् । उनले करिब तीन दिनमा एउटा मुढा तयार गर्छन् तर तालिम नभएका कारण उनको मुढाले राम्रो बजार पाउन सकिरहेको अवस्था छैन । यसकारण ठूलो मिहेनतका साथ तयार गरेको मुढा सस्तो मूल्यमा बिक्री भइरहेको छ । सुरु सुरुका दिनमा थुनामा पर्दा ऋणधन गरेर दैनिक खर्च परिवारले पठाउँदै आएको भएपछि पछिल्लो दिनमा आफूले सिकेको सीपले आफूलाई राहत हुँदै आएको उनको भनाइ छ । “थुनामा परेपछि सुरु सुरुमा निस्कने आश थियो अब निस्कने आश सेलाएपछि भित्रै बसेर केही गर्ने आँट बढेको छ तर अवसर छैन”, उनी भन्छन् ।
यस्तै, कर्तव्य ज्यान मुद्दामै करिब ४ वर्षदेखि सजाय भोगिरहेका रोल्पाका रोहित पुनले पनि थुनुवाकै सहयोगमा ढाका टोपी बुन्ने काम गर्दै आउनुभएको छ । उहाँले पनि यसरी टोपी बुनेर दैनिक खर्च चलाउँदै आएको बताउनुभयो । ढाका टोपी बुट्टाअनुसार फरक फरक मूल्यमा बिक्री वितरण हुने भएपनि सीप र क्षमता नभएको हुँदा उहाँको टोपीले पनि सोचेअनुरुप मूल्य पाउन सकिरहेको छैन ।
विवाह बन्धनमा बाँधिएको केही समयमै उहाँ थुनामा पर्नुभएको थियो । एउटा छोरा, श्रीमती र परिवारको जिम्मेवारी लिएको मान्छे नै थुनामा परेपछि परिवारलाई गुजारा चलाउन निकै हम्मेहम्मे पर्न थालेको छ । त्यसैले थुनामै सीप सिक्न पाए काम गरेर परिवारलाई केही खर्च पठाउने उहाँको धोको छ तर यसका लागि थुनामा अवसर छैन उहाँले दुःखेसो पोख्नुभयो ।
यस्तै, जेल जीवन बिताउँदै आएका अर्का कैदी खिमबहादर थापा पनि थुनुवाको सहयोगमा नाम्लो बुन्ने काम गर्दै आउनुभएको छ । उहाँले तीन–चार वर्षदेखि नाम्लो बुनेर मासिक रु एक हजार पाँचसय आम्दानी गर्दै आउनुभएको छ । तालिम पाए क्षमता विकास गर्ने चाहना भए पनि कुनै किसिमको अवसर नपाउँदा उहाँले बरियो बुन्ने कामलाई नै निरन्तरता दिँदै आएको बताउनुभयो ।
अन्य जिल्लाका कारागारमा कम्प्युटरको सुविधा भएको र थुनुवा तथा कैदी–बन्दीलाई विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको ‘त्रैमासिक जेल संसारमा’ पढ्दै आएको भएपनि आफूहरु भने हरेक सेवा तथा सुविधाबाट वञ्चित भएको कैदी–बन्दीको गुनासो छ ।
हाउस वायरिङ, सिलाइकटाई, मुढा बुनाइ, टोपी बुनाइ तथा अन्य विभिन्न किसिमका सीपमूलक तालिम पाउन पाए आफ्नो परिवारको जीवस्तरमा सुधार आउने कैदी–बन्दीले आशा गरेका छन् । तर रोजीरोटीका बहानामा थुनाबाट निस्किएर विदेश जानुपर्ने पो हो कि भन्ने चिन्ताले उनीहरुलाई दिनरात सताउन थालेको छ । एउटै परिवारका दुई सहोदर दाजुभाइ तथा बाबुछोरासमेत जेल परेपछि परिवारको बिचल्ली भएको उनीहरुको भनाइ छ ।
रासस समाचारदाताले राखेको प्रश्नमा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले कैदी–बन्दीका जायज माग भएपनि यसका लागि यस किसिमका कार्यक्रम नभएको हुँदा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गरेर उनीहरुले माग गरेका तालिमको आवश्यकता पहिचान गरी तालिम प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।
यस्तै, स्थानीय विकास अधिकारी सुशील वैद्यका अनुसार जिविसको कार्यालय रोल्पामा (हालको जिल्ला समन्वय समितिमा) यस किसिमका कार्यक्रम धेरै हुने भएपनि पूर्वनिर्धारित भइसकेको हुँदा घरेलु तथा साना उद्योग विकास समिति तथा विभिन्न गैससलाई अनुरोध गरेर तालिम सञ्चालनका लागि प्रयास गर्ने बताउनुभएको छ ।
लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत नीमबहादुर केसीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सकेसम्म यसै आवमा तालिमका लागि प्रयास गर्ने नभए पनि अर्काे आवमा अनिवार्यरुपमा तालिम दिने सोच रहेको बताउनुभयो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












