पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
सञ्चारमाफिया विकल र सुनिल पौडेलभन्दा गम्भीर अपराध गरेको उजुरीपत्रमा आरोप
– न्यूज नेपाल (विशेष सम्बाददाता)
काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरूद्व २०८१ असोज १४ गते सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छानवीन अनुसन्धान गरि भ्रष्टाचार मुद्दा चलाउन ललितपुर सातदोबाटो निबासी बिनायक अर्यालले उजुरी दर्ता गराएका छन् । यस्तो उजुरीको बोधार्थ उनले गृह मन्त्रालय, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पनि दिएका छन् । अर्यालले उजुरीमा पुर्व एआईजी ज्ञवालीले विभिन्न बैंकमा १८ करोड रूपैयाँ राखेको तथा देश–विदेशका विभिन्न कम्पनीहरूमा करोडौं लगानी रहेको तथ्य भेटिएको भन्दै छानविन गरेर कारवाही गर्न माग गरेका छन् ।
अर्यालले अख्तियारमा दिएको निवेदनमा पूर्व एआईजी ज्ञवालीले दुबईमा रहेको एमएस ट्रेडर्स नामको कम्पनी सञ्चालन गर्ने महेन्द्र सिंह मार्फत करोडौ लगानी गरेको दाबी गरेका छन् । भारतको बैङलौर स्थायी घर भएका महेन्द्र सिंह दुबई बस्दै आएको र उनी सुन तस्करी, क्रिप्टो करेन्सी कारोवार लगायतका अवैध कारोवार र विवादास्पद व्यवसायको टाइकुन भएको उजुरीमा उल्लेख गरिएको छ । ज्ञवालीले विभिन्न हाइड्रोपावरमा पनि लगानी गरेको आरोप लगाइएको छ । यसैगरी भक्तपुरका व्यापारी श्रीभक्त कासिछवासँग पनि पुर्व एआईजी ज्ञवाली र उनका दाजु पूर्व आईजिपी ठाकुरप्रसाद ज्ञवालीको लगानी रहेको आरोप लगाइएको छ ।
नागरिक अस्पताल, योयो पार्टी प्यालेस, ड्राइभिङ सेन्टरमा उनीहरूको संयुक्त लगानी रहेको अर्को तथ्य पनि भेटिएको उजुरीमा उल्लेख गरिएको छ । पुर्व एआईजी ज्ञवालीका दाजु ठाकुर प्रसाद ज्ञवाली आईजीपी हुँदा श्यामलाल ज्ञवाली प्रहरी परीसर काठमाडौंका प्रमुख थिए। तात्कालिक आईजीपी ठाकुर प्रसाद ज्ञवालीले सरूवा– बढुवाको सुची काठमाडौं परीसरमा नै बसेर बनाउन लगाउने गरेको, त्यसबेला बढुवाका लागि लाखौं बुझाएका प्रहरी अधिकृतहरू अहिले पनि भेटिने गरेको र यसरी भ्रष्टाचार गरि कमाएको पैसा नेपाल र विदेशका व्यापारी मार्फत लगानी गरिएको अख्तियारमा पेश गरिएको उजुरीमा उल्लेख भएको समाचार स्रोतले बताएको छ ।
यस्तै ज्ञवालीको सुन तस्कर जीवन चलाउनेसँग पनि सम्बन्ध रहेको बताइएको छ । नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेलगत्तै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरले ज्ञवालीमाथि छानबिनका लागि एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति बनाएका थिए । त्यो समितिले ज्ञवालीलाई अनेकौं घटनामा दोषी रहेको, विभागीय कारवाहीको मुद्दा चलाउनु पर्ने सिफारिस गरेको थियो । समितिले सुन तस्करीका आरोपी जीवन चलाउनेसँग पटकपटक संवाद गरेको, दुबई गएर पटकपटक सुन तस्कर टोलीसँग साँठसाँठ गरेको, एलओडीका सञ्चालक राजु सिंह सुवाल र रुदिपबल्ल श्रेष्ठसँग बालबालिकासम्बन्धी मुद्दामा मिलेमतो गरेको लगायतका दर्जन तथ्यसहित कारबाहीका लागि सिफारिस गरेको आरोप लगाइएको छ ।
नेपाल हवाई उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारी र केही भ्रष्ट प्रहरी निकट व्यापारीले ज्ञवालीलाई जोगाउन करोडौ रकम दिएपछि कारवाही रोकिएको पनि अख्तियारको उजुरीमा आरोप लगाइएको स्रोतको दाबी छ । रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र समानान्तर सत्ता चलाएको आरोप लागेका ज्ञवालीले प्रहरीमा हुँदा बर्दि लगाएर कमाएको अवैध सम्पत्ति नेपालका विभिन्न कम्पनीदेखि दुबई र भारतको बैङलोरसम्म लगानी गरेको आरोप उजुरीमा लगाइएको समनचार स्रोतले बताएको छ ।
रास्वपाका उपसभापति तथा तात्कालिक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले जनजागृती सहकारी संस्थामा करोडौं हिनामिना गरेको आरोप समेत लगाइएको छ । त्यसमा एक पिडितलाई सिआईबी कार्यालयमा लगेर दबाब र धम्की दिएर दुई करोड दिलाएर मिलाएको, बालमन्दिरको जग्गा प्रकरणमा ज्ञवालीले वृहस्पति स्कुल र विशाल ग्रुपका सञ्चालकहरूलाई तर्साएर श्रद्वा संघाई, सिद्वार्थ केडिया, अभिनव सिरोहियादेखि विशाल ग्रुपका सञ्चालकहरूसँग लाखौं पैसा उठाएर असुल गरेको उजुरीपत्रमा आरोप लगाईएको अख्तियारले स्रोतले बताएको छ ।
पूर्व एआईजी ज्ञवाली ले दाजु ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएको बेला करोडांै अवैध सम्पत्ति आर्जन गरेको उजुरीमा उल्लेख गरिएको स्रोतले बताएको छ । रवी लामिछाने पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा ज्ञवाली कोशी प्रदेशको डिआईजीमा पदस्थापन भएका थिए। विराटनगरमा डिआईजी हुँदा पनि त्यहाँका व्यापारी र उद्योगपतिसँग सम्बन्ध जोडि करोडौ कमाएको आरोप लगाइएको छ । यसैगरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि स्वकिय सचिव तथा कान्छी छोरी गंगा दाहालसँग पनि विराटनगरमा हुँदा नै उनका पति जीवन आचार्य मार्फत निकट सम्बन्ध जोडेका थिए ।
२५ वर्ष उमेर पुगिसकेपछि नागरिकता र शैक्षिक प्रमाणपत्र सच्चाएर, उमेर ढाँटेर प्रहरी सेवाको प्रहरी निरीक्षकमा जागिर खाएका ज्ञवालीले सोह्रखुट्टे प्रहरीको प्रमुख, बौद्व प्रहरीको प्रमुख, काठमाडौं प्रहरीको मुद्दा शाखामा डिएसपी रहदा घुस खान माहिर थिए । ज्ञवालीले बौद्व प्रहरी प्रमुख हुँदा छोइग्याल खम्पा र उनका छोरा फुन्छोक डाग्पा अथुप्छाङ खम्पासँग लाखौं घुस खाने गरेको उनका त्यसबेलाका मातहतका सहकर्मी प्रहरी अधिकृतहरू बताउँछन् ।
पुर्वएआईजी ज्ञवालीले उपत्यका प्रहरी प्रमुख हुँदा “अबैध सुन भन्सार चोरी पैठारी,संगठित अपराध सम्बन्धि कसुर“ मा सजिलोपे पेमेन्ट प्रालिका केही निर्दाेष सञ्चालक विरूद्व मुद्दा चलाएको तर त्यही मुद्दामा सजिलो पेमेन्ट प्रालिका अर्का सञ्चालक सुशील जाकीबंजालाई मुद्दा नचलाई लाखौं घुस खाएको सजिलो पेमेन्ट प्रालिका सञ्चालकले अदालतको मुद्दामा बयान दिएका छज् । यसरी उनले एउटै कम्पनीका कसैलाई मुद्दा चलाएको र कसैलाई मुद्दा नचलाई घुस खाएर उन्मुक्ति दिएको पनि आरोप लाग्दै आएको छ ।
अख्तियारमा परेको यो उजुरी हेर्दा सञ्चार र सफ्टवेयर माफिया विकल पौडेल र सुनिल पौडेल भन्दा ठूलो अपराध र भ्रष्टाचार देखिन सक्ने आशंका गर्दै अख्तियारले यस उजुरीलाई गम्भीरतापूर्वक लिइ छानवीन र अनुसन्धानको प्राथमिकतामा राख्दै छिट्टै छानविन टोली बनाइ छानविन अनुसन्धान थाल्ने पनि अख्तियारको समाचार स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागले विभिन्न अदालतमा पौडेलविरुद्ध ६ वटा बढी मुद्धा दायर गरेको बुझिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...













