दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको फुड हामी खुवाउँछौं
ए ग्रेडको क्वालिटीमा हामी खुवाउँछौं
काठमाडौं । आइतबार साढे १२ बजे काठमाडौँको मुटु दरवारमार्गमा पुग्दा सड्कको पूर्वपट्टीको एउटा घरको भुइ तलामा एक युवक मिस्त्रीहरूलाई काम गर्न सिकाउँदै थिए । झट्ट हेर्नेले सुपरभाइजर हो कि भन्ने बुझ्छन् । तर, उनी सुपरभाइजर नभएर एक सफल युवा व्यवसायी हुन् ।

काभ्रेका स्थायी बासिन्दा राजीव श्रेष्ठ आफूले खोल्न लागेको नयाँ रेष्टुरेन्टमा हुन लागेको डेकोरेसनबारे मिस्त्रीलाई निर्देशन दिंदै थिए ।
हामी त्यहाँ पुगेपछि उनले नयाँ खोल्न लागेको रेष्टुरेन्टमा हुने डेकोरेसनबारे जानकारी गराए । माघ तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको रेष्टुरेन्टको नाम हो, जिञ्जर फुड किचन ।
दरवारमार्गमा उनको यो पहिलो रेष्टुरेन्ट भने होइन । किङ्स लाउन्ज नामक रेष्टुरेन्ट सञ्चानमा छ । जुन बन्दै गरेको जिञ्जर फुड किचनको माथिल्लो तलामा छ । हामी त्यहीँ पुगेर श्रेष्ठका अहिलेसम्म सञ्चालनमा रहेका व्यवसाय र आगामी योजनाबारे गफिन सुरु ग¥यौं ।
एकान्तकुनाको यातायात कार्यालय अगाडि ड्राइभिङ स्कुल सञ्चालन गरी व्यवसाय सुरु गरेका श्रेष्ठको चौथो व्यवसाय हो । उनका कार, मोटरसाइकल वासिङ सेन्टर र रियल स्टेटसम्बन्धी व्यवसाय सञ्चालित छन् ।
दरवारमार्गमा रहेका रेष्टुरेन्टहरूको भिडमा आफ्नै एउटा सञ्चालनमा रहँदा रहदै अर्को किन सुरु गर्न लाग्नुभयो भन्ने प्रश्नबाट हामीले कुराकानी सुरु ग¥यौं । उनले भने, ‘दरवारमार्गका व्यवसायी र स्टाफलाई एकै ठाँउमा सस्तो मूल्यमा क्वालिटीको फुड खुवाउने लक्ष्यसहित सञ्चालन गर्ने तयारी गरेको छु,’ श्रेष्ठले भने, ‘सबैले महंगो खान सक्दैनन् । १५-२० हजार पारिश्रमिक हुनेले दिनमा ४-५ सय तिरेर खाजा खान सक्दैनन् । सबै जनाले खाना पाउँनु पर्छ, सबैलाई सहज होस भन्ने हाम्रो उद्देश्य हो ।’
मालिक र मजदुरले सँगै बसेर ए ग्रेडको रेष्टुरेन्टमा खाजा खान सक्ने अवस्थाका निर्माण गर्ने उद्देश्य आफ्नो रहेको उनले बताए । ‘यहाँ व्यापारी र उसको कम्पनीमा काम गर्नेले सँगै खान सक्नेछन् । फुड र एमियन्ज ए ग्रेडकै हुन्छ । मात्र मूल्यमा कम्प्रोमाइज गरेका छौं,’ उनले भने ।
दरवारमार्गका अन्य रेष्टुरेन्टमा एक प्लेट मःम खान ४ देखि ५ सय रुपैया तिर्नुपर्छ । तर, श्रेष्ठले सञ्चालनको तयारी गरेको रेष्टुरेन्टमा एक सय ५० रुपैयाँ त्यही क्वालिटीको मःम खान सकिने बताए । दरवारमार्गका कतिपय व्यवसायी र स्टाफले महंगो मूल्यमा खाजा खान नसकेर घरबाटै खाना ल्याएर आउने गरेको देखेपछि सस्तोमा क्वालिटीको खाजा खुवाउने गरि रेष्टुरेन्ट खोल्ने योजना बनाएको उनले बताए ।
क्वालिटीको खाजा सस्तो मूल्यमा बेच्न दरवारमार्गजस्तो ठाँउमा कसरी सम्भव हुन्छ भन्ने हाम्रो जिज्ञासामा श्रेष्ठले भने, ‘रेन्ट र डेकोरेसनका हिसावले गाह्रो त हुन्छ नै, तर, बढी मूल्य राखेर थोरै बेच्नु भन्दा कम मूल्यमा धेरै बेच्नुपर्छ भन्ने हाम्रो योजना हो ।’
नेवारी खाजा योःमरिसहितका फास्ट फुडलाई प्रमोसन गर्ने योजना उनले सुनाए । रेस्टुरेन्ट खोलेपछिको पहिलो महिनाको नाफा च्यारेटीमा लगाउने योजना उनको छ ।
विगतका व्यवसायमा सफलता
श्रेष्ठले हाउजिङ कारोबारमा सानो सानो लगानी गरेका छन् । ठूलो कम्पनी खोलेर ठूलो लगानी गर्ने योजना रहेको उनले सुनाए । नेपालमा भुकम्पपछि मानिसहरुमा आफ्नै सानो चिटिक्कको र सुरक्षित घर खोज्ने प्रचलनको विकास भएको छ । उनी यसलाई मध्यनजर गर्दै हाउजिङ व्यवसाय थाल्ने ध्याउन्नमा छन् ।अहिलेसम्मका सबै वयवसायबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
व्यवसायमा सफल बन्न नयाँ सोच आवश्यक
व्यवसायमा सफलताका लागि नयाँ नयाँ सोच आवश्यक पर्ने उनले बताए । एउटै व्यवसायमा लागिरहयो भने मानिस कहिल्यै अगाडि नबढने तर्क राख्ने श्रेष्ठ हरेक प्रकारका योजना र टेष्ट अगाडि बढ्न मानिसले बनाउनु पर्ने बताउँछन् । एउटै काम मात्रै गर्यो भने मोनोटोनस भएर सफलता हात नलाग्ने उनको भनाइ छ । अहिलेसम्म चलेका व्यवसाय चलिरहेका र चलाइ रहने योजना उनको छ ।

विजनेसले सन्तुष्टि दिने होइन आफै सन्तुष्ट हुने हो । सन्तुष्टि र खुसी आफूले खोजेर मात्रै पाइने उनी बताउँछन् । खुसी नभइ विजनेश गर्ने कुरै नहुने उनको धारणा छ ।
नेपालमा विजनेश गर्दा राजनीतिले विरक्त बनाइरहेको छ । विरक्त लागेर काम नगर्दा झन विरक्त भइने उनको धारणा छ । विरक्त मानेर काम नगरेमा झन पछि परिने उनले बताए ।
चार/पाँच वर्ष अगाडि विदेश जाने योजना बुनेका परिवारसँग बसेर केही गरौ चाहनाले व्यवसाय सुरु गरेका हुन् । अहिले करिब २ सय जनालाई रोजगारी दिएका श्रेष्ठ काममा स्याटिस्फ्याक्सन रहेको बताउँछन् । नियत ठिक राखेर गरिने जुनसुकै काममा सफलता हुने उनी बताउँछन् । व्यवसायमा हाम फाल्नु अगाडि त्यससम्बन्धी बुझ्नु पर्ने उनले बताए । व्यवसायबारे खोज अनुसन्धान गरेर नयाँ के दिन सकिन्छ भन्ने बुझ्ने र प्यासनका रुपमा काम गर्यो भने सफल भइने उनले बताए ।
म्यानेजमेन्टका विद्यार्थी श्रेष्ठले स्नातक पास गरेका छन् । व्यवसाय कसरी विस्तार गर्न सकिन्छ र मुनाफा कमाउन सकिन्छ भन्ने उनलाई पढाईले पनि केही सहयोग गरेको छ । रेष्टुरेन्ट व्यवसायलाई आम पब्लिकको हेर्ने नजर फरक भएपनि विस्तारै मान्छेको ध्यान परिवर्तन गर्न सकिने उनको भनाइ छ । दरवारमार्गमा पार्किङको व्यवस्था राम्रो बन्यो भने व्यवसायलाई अझ विस्तार गर्न सकिन्थ्यो भन्ने श्रेष्ठलाई लागिरहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












