दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको फुड हामी खुवाउँछौं
ए ग्रेडको क्वालिटीमा हामी खुवाउँछौं
काठमाडौं । आइतबार साढे १२ बजे काठमाडौँको मुटु दरवारमार्गमा पुग्दा सड्कको पूर्वपट्टीको एउटा घरको भुइ तलामा एक युवक मिस्त्रीहरूलाई काम गर्न सिकाउँदै थिए । झट्ट हेर्नेले सुपरभाइजर हो कि भन्ने बुझ्छन् । तर, उनी सुपरभाइजर नभएर एक सफल युवा व्यवसायी हुन् ।

काभ्रेका स्थायी बासिन्दा राजीव श्रेष्ठ आफूले खोल्न लागेको नयाँ रेष्टुरेन्टमा हुन लागेको डेकोरेसनबारे मिस्त्रीलाई निर्देशन दिंदै थिए ।
हामी त्यहाँ पुगेपछि उनले नयाँ खोल्न लागेको रेष्टुरेन्टमा हुने डेकोरेसनबारे जानकारी गराए । माघ तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको रेष्टुरेन्टको नाम हो, जिञ्जर फुड किचन ।

दरवारमार्गमा उनको यो पहिलो रेष्टुरेन्ट भने होइन । किङ्स लाउन्ज नामक रेष्टुरेन्ट सञ्चानमा छ । जुन बन्दै गरेको जिञ्जर फुड किचनको माथिल्लो तलामा छ । हामी त्यहीँ पुगेर श्रेष्ठका अहिलेसम्म सञ्चालनमा रहेका व्यवसाय र आगामी योजनाबारे गफिन सुरु ग¥यौं ।
एकान्तकुनाको यातायात कार्यालय अगाडि ड्राइभिङ स्कुल सञ्चालन गरी व्यवसाय सुरु गरेका श्रेष्ठको चौथो व्यवसाय हो । उनका कार, मोटरसाइकल वासिङ सेन्टर र रियल स्टेटसम्बन्धी व्यवसाय सञ्चालित छन् ।
दरवारमार्गमा रहेका रेष्टुरेन्टहरूको भिडमा आफ्नै एउटा सञ्चालनमा रहँदा रहदै अर्को किन सुरु गर्न लाग्नुभयो भन्ने प्रश्नबाट हामीले कुराकानी सुरु ग¥यौं । उनले भने, ‘दरवारमार्गका व्यवसायी र स्टाफलाई एकै ठाँउमा सस्तो मूल्यमा क्वालिटीको फुड खुवाउने लक्ष्यसहित सञ्चालन गर्ने तयारी गरेको छु,’ श्रेष्ठले भने, ‘सबैले महंगो खान सक्दैनन् । १५-२० हजार पारिश्रमिक हुनेले दिनमा ४-५ सय तिरेर खाजा खान सक्दैनन् । सबै जनाले खाना पाउँनु पर्छ, सबैलाई सहज होस भन्ने हाम्रो उद्देश्य हो ।’
मालिक र मजदुरले सँगै बसेर ए ग्रेडको रेष्टुरेन्टमा खाजा खान सक्ने अवस्थाका निर्माण गर्ने उद्देश्य आफ्नो रहेको उनले बताए । ‘यहाँ व्यापारी र उसको कम्पनीमा काम गर्नेले सँगै खान सक्नेछन् । फुड र एमियन्ज ए ग्रेडकै हुन्छ । मात्र मूल्यमा कम्प्रोमाइज गरेका छौं,’ उनले भने ।
दरवारमार्गका अन्य रेष्टुरेन्टमा एक प्लेट मःम खान ४ देखि ५ सय रुपैया तिर्नुपर्छ । तर, श्रेष्ठले सञ्चालनको तयारी गरेको रेष्टुरेन्टमा एक सय ५० रुपैयाँ त्यही क्वालिटीको मःम खान सकिने बताए । दरवारमार्गका कतिपय व्यवसायी र स्टाफले महंगो मूल्यमा खाजा खान नसकेर घरबाटै खाना ल्याएर आउने गरेको देखेपछि सस्तोमा क्वालिटीको खाजा खुवाउने गरि रेष्टुरेन्ट खोल्ने योजना बनाएको उनले बताए ।
क्वालिटीको खाजा सस्तो मूल्यमा बेच्न दरवारमार्गजस्तो ठाँउमा कसरी सम्भव हुन्छ भन्ने हाम्रो जिज्ञासामा श्रेष्ठले भने, ‘रेन्ट र डेकोरेसनका हिसावले गाह्रो त हुन्छ नै, तर, बढी मूल्य राखेर थोरै बेच्नु भन्दा कम मूल्यमा धेरै बेच्नुपर्छ भन्ने हाम्रो योजना हो ।’
नेवारी खाजा योःमरिसहितका फास्ट फुडलाई प्रमोसन गर्ने योजना उनले सुनाए । रेस्टुरेन्ट खोलेपछिको पहिलो महिनाको नाफा च्यारेटीमा लगाउने योजना उनको छ ।
विगतका व्यवसायमा सफलता
श्रेष्ठले हाउजिङ कारोबारमा सानो सानो लगानी गरेका छन् । ठूलो कम्पनी खोलेर ठूलो लगानी गर्ने योजना रहेको उनले सुनाए । नेपालमा भुकम्पपछि मानिसहरुमा आफ्नै सानो चिटिक्कको र सुरक्षित घर खोज्ने प्रचलनको विकास भएको छ । उनी यसलाई मध्यनजर गर्दै हाउजिङ व्यवसाय थाल्ने ध्याउन्नमा छन् ।अहिलेसम्मका सबै वयवसायबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
व्यवसायमा सफल बन्न नयाँ सोच आवश्यक
व्यवसायमा सफलताका लागि नयाँ नयाँ सोच आवश्यक पर्ने उनले बताए । एउटै व्यवसायमा लागिरहयो भने मानिस कहिल्यै अगाडि नबढने तर्क राख्ने श्रेष्ठ हरेक प्रकारका योजना र टेष्ट अगाडि बढ्न मानिसले बनाउनु पर्ने बताउँछन् । एउटै काम मात्रै गर्यो भने मोनोटोनस भएर सफलता हात नलाग्ने उनको भनाइ छ । अहिलेसम्म चलेका व्यवसाय चलिरहेका र चलाइ रहने योजना उनको छ ।

विजनेसले सन्तुष्टि दिने होइन आफै सन्तुष्ट हुने हो । सन्तुष्टि र खुसी आफूले खोजेर मात्रै पाइने उनी बताउँछन् । खुसी नभइ विजनेश गर्ने कुरै नहुने उनको धारणा छ ।
नेपालमा विजनेश गर्दा राजनीतिले विरक्त बनाइरहेको छ । विरक्त लागेर काम नगर्दा झन विरक्त भइने उनको धारणा छ । विरक्त मानेर काम नगरेमा झन पछि परिने उनले बताए ।
चार/पाँच वर्ष अगाडि विदेश जाने योजना बुनेका परिवारसँग बसेर केही गरौ चाहनाले व्यवसाय सुरु गरेका हुन् । अहिले करिब २ सय जनालाई रोजगारी दिएका श्रेष्ठ काममा स्याटिस्फ्याक्सन रहेको बताउँछन् । नियत ठिक राखेर गरिने जुनसुकै काममा सफलता हुने उनी बताउँछन् । व्यवसायमा हाम फाल्नु अगाडि त्यससम्बन्धी बुझ्नु पर्ने उनले बताए । व्यवसायबारे खोज अनुसन्धान गरेर नयाँ के दिन सकिन्छ भन्ने बुझ्ने र प्यासनका रुपमा काम गर्यो भने सफल भइने उनले बताए ।
म्यानेजमेन्टका विद्यार्थी श्रेष्ठले स्नातक पास गरेका छन् । व्यवसाय कसरी विस्तार गर्न सकिन्छ र मुनाफा कमाउन सकिन्छ भन्ने उनलाई पढाईले पनि केही सहयोग गरेको छ । रेष्टुरेन्ट व्यवसायलाई आम पब्लिकको हेर्ने नजर फरक भएपनि विस्तारै मान्छेको ध्यान परिवर्तन गर्न सकिने उनको भनाइ छ । दरवारमार्गमा पार्किङको व्यवस्था राम्रो बन्यो भने व्यवसायलाई अझ विस्तार गर्न सकिन्थ्यो भन्ने श्रेष्ठलाई लागिरहेको छ ।
Comments
अरु समाचार
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ...
-
आज सुनको मूल्यमा उच्च गिरावट
काठमाडौं । आज सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि...
-
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका...
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । आज आईतबार कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
पूर्वाधार बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्षमा थपिएका...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो। बिहीबार प्रतितोला...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...