पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव
कास्की: पोखरामा आज (शनिबार) देखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किमी क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
भोलिदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहका बीच महोत्सवको उद्घाटन गर्नुहुने कार्यसूची तय भएको उहाँले जानकारी दिनुभयो ।
संयोजक भट्टराईका अनुसार उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्याली निकालिने छ ।
महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नो तयारी पूरा गरेका जनाएका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक सम्पन्न गरेको संयोजक भट्टराईले बताउनुभयो ।
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।
“सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो ।
महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिनुभयो । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत आयोजना हुनेछ । त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












