नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’
माधव कुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रँ संगठक हुन् । माधव छोटो समयमा समयमा धेरै प्राविधिक,सांगठनिक, काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसँग जोड्न नसक्नु अन्तरमुखी स्वभावका माधवको कमजोरी हो । उनको सबभन्दा असल गुण पार्टी्भित्र दास्रो नेताको भूमिका निभाउनुमा देखा परेको हो । सीपी र झलनाथलाई महासचिवको रुपमा लोकप्रिय बनाउन माधवको महत्वपूर्ण भूमिका रह्यो । तर,अर्का महासचिव मदनसँग भने माधवको ‘केमेस्ट्री’ अन्तर्घुलित भएन । दासढुंगा घटनाको सेरोफेरोसम्म आइपुग्दा मदन र माधवको आत्मस्यता लगभग टुटीसकेको थियो ।
दासढुंगा दुर्घटनापछि महासचिव बनेका माधवले नेपाल–भारत असमान महाकाली सन्धी गराउने राष्ट्रघाती कदम चाले । पार्टी विभाजन हुन सक्ने खतरालाई नजरअन्दाज गरे । आफ्नै हिमायतीहरुलाई मात्र केन्द्रिय समितिमा ल्याएर पार्टी फुटाउने आधार खडा गरे । माले–एमाले पुनःएकिकरणपछि पूर्वमाले पक्षधरहरुलाई छानीछानी पार्टी बाहिर हुत्याए माओवादीलाई विस्तारित हुने आधार तयार पारिदिए । मालेबाट आउका नेता÷कार्यकर्तालाई माधवले आफ्ना ठान्दै नठान्ने, हेयको व्यवहार गर्थे । २०५१ सालमा एमालले अल्पमतको सरकारको नेतृत्व गर्ने भयो । तर,यसका महासचिव माधवलाई सबैभन्दा ठूलो सकस परिसकेको थियो ।
प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा भएपनि निर्वाचनमा भाग नलिएर जोखिम नमालेका कारण माधव संसद्को तल्लो सदनको सदस्य थिएनन् । २०४७ सालको संविधानमा प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान थियो । माधव प्रतिनिभिधसभाको सदस्य हुन्थे भने मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा दिंदैनथे । रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने परम्परा जस्तै थियो,त्यस बेला । प्रधानमन्त्री मनमोहनले मुखै खोलेर ‘अरुले देख्दा समेत लाजैमर्दो हुने भयो,कम्तीमा एउटा मन्त्रालय देऊ’ भन्दा समेत माधव टसमस भएनन् । यसपछि मनमोहन मन्त्रालयविहिन प्रधानमन्त्री बने । माधव चाहीं उपप्रधान तथा रक्षा र परराष्ट्र मन्त्रालयको कुर्सीमा आसिन भए । प्रधानमन्त्री हुन नपाएको झ्वाँक उनले मनमोहनलाई मन्त्रालयविहीन बनाउर पोखेका थिए । माधवको चिन्तन बुझ्न यही घटना काफी थियो ।
उपप्रधानमन्त्री भइसकेपछि माधव सरकारले भाडा बेहोर्ने गरी ठूलो घरमा बस्न खोजेका थिए । मन्त्री निवासमा नबसी थप सुविधायुक्त स्थानमा बस्ने उनको दाउ थियो । तर,कानुनले मन्त्रीको हैसियत भन्दा धेरै भाडा तिरेर वस्न रोक लगाएको उनले ध्येय सफल हुन सकेन । त्यस बेला मन्त्रीको घर भाडावापत सुविधा मासिक ६ हजार रुपैयाँ थियो । त्यति पैसाले माधवले खोजेजस्तो आलिसान निवास भाडामा पाईदैनथ्यो । त्यसपछि उनी मन्त्री निवासमानै खुम्चिन बाध्य भृए । हेर्दा साना लाग्ने यस्ता गतिविधिले माधवको महत्वमकांक्षाको स्तर मापन गर्न सकिन्छ ।
संकुचित सोचले नेतालाई कस्तो बनाउँछ भन्ने मसँग एउटा रमाईलो अनभव छ । २०४६ सालको आन्दोलनमा नेपाली काँग्रेसका नेता जगन्नाथ आचार्य काँग्रेस तर्फबाट एक्सन कमिटी इन्चार्ज थिए,जति बेला गणेशमानहरु जेलमा थिए । वाममोर्चाके कार्यवहाक अध्यक्ष भएकाले मैले जगन्नथासँग नियमित सम्पर्क गर्नुपथ्र्यो । सम्पर्क गर्दा जहिल्यै सब ठीकठाक छ मात्रै भन्थे । तर,काँग्रेसका मान्छेहरु उतिसारो आन्दोलनमा देखिंदैनथे । अनि मैले एक दिन सोधें,‘कहाँ के ठीकठाक छ भन्नुहुन्छ,आचार्यजी ? आन्दोलनमा मान्छे आएका छैनन् । ’ ‘भक्तपुरको दत्तात्रय मन्दिर वरिपरीका सबै मान्छेहरुलाई मैले आन्दोलनमा आउन भनेको छु ।,’ जगन्नाथले जवाफ फर्काए । जगन्नाथको घर भक्तपुरको दत्तात्रय छेउमा कतै थियो । यसर्थ आचार्यले दत्तात्रयभन्दा माथि उठेर सिंगो मुलुकको जनता उर्लने आन्दोलनबारे सोचेका रहेनछन् । उनको कुराले मेरो मन अमिलो भयो । काँग्रेसले आन्दोलनको ईन्चार्ज त बनाई दियो तर आचार्यले भक्तपुर दत्तात्रयको दायरा नाघ्न सकेनन् । ठ्याक्कै आचार्यजस्तै संकीर्ण सोचका हुन् माधव ।
माधव कति हठी र स्वार्थी हुन भन्ने बुझ्न अर्को अनुभव समेत छ । २०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका नेता थिए भने माधव नेपाल माथिललो सदन राष्ट्रसभाको । तल्लो सभाका मनमोहन सरह सुविधा माधवले नपाएपछि उनले वर्ष पारिश्रमिक समेत लिएनन् । माधवको चित्त बुझाउन धेरै पटक वैठक वस्यो । पार्टीमा विवाद जन्मियो । तर,माधवले तनाखा बुझ्नै मानेनन् । तल्लो सदन भन्दा माथिल्लो सदनका एक सय रुपियाँ मात्रै कमाउन पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एममुष्ठ तलव–सुविधा बुझे । एक वर्षसम्म खर्चपर्च पार्टीले जुटाइदिएको थियो । म त्यति बेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवको तलब–सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरा कुरा सही ठह¥याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने वचन दिएका थिए । तर,यसैबीचमा मदन दासढुङ्गा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन् ।
माधव उपप्रधानमन्त्री हुँदा त्यसपछिको निर्वाचनलाई लक्षित गरेर उनले रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा धेरै वजेट पु¥याए । म कृषिमन्त्री छँदा माधवले आफू निर्वाचन लड्ने क्षेत्रमा कृषि मन्त्रालयअन्तर्गतको डिप वोरिङ योजनाहरु पारिदिनुप¥यो भनेर आदेशात्मक शैलीका धेरै चिठ्ठीहरु पठाएका थिए । अति भएपछि मैले पटकपटक उनलाई मुख खोल्न बाध्य भएँ,‘होइन कमरेड टेलिफोनबाट वा भेटेर भने पनि हुन्छ,यसरी खातका खात चिठ्ठी किन पठाउनु भएको ?’ मुखले भनेको कुराको रेकर्ड हुँदैन । रेकर्ड नभएपछि जनताले मैले काम गरेको वा नगरेको कसरी पत्याउने ? रेकर्ड भए पो काम सफल नभएपनि प्रयत्न गरेको थियो भन्ने हुन्छ’ उनले चिठ्ठी पठाउनुको रहस्य खोल्दा म छक्क परें । माधवको यो प्रयासले खुलाउँछ, हाम्रो जेताहरुमा सन्तुलित विकासको चिन्ता छैन । उनीहरु राष्ट्रिय चिन्तन गर्नै नसक्ने प्रवृत्तिले ग्रस्त छन् ।

माधवसँग देश, पार्टी, जनताका लागि केही दिनुपर्छ भन्ने लामो दृष्ट्रिकोण छैन । जस्तोःतत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले पहिलो मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली काँग्रेसमा विवाद चर्कियो । त्यतिबेला विश्वबैंकले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न रकम विनियोजन गरिसकेको थियो । माधवले पार्टीमा कसैलाई नसोधी विश्वबैंकलाई चिठ्ठी लेखे,‘खबरदार चुनावअघि अरुण तेस्रोमा विश्वबैंकले हात नहाल्नु ।’पत्रको आशय थियो,‘निर्वाचनपछि एमालेको सरकार बन्छ , अनि मात्रै यो ओयोजना बनाउनुपर्छ ।’ तत्काल यो योजना अघि बढेमा त्यसको जस तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारलाई जान सक्ने अल्पदृष्टिले माधवलाई वशीभूत बनायो । हाइड्रो प्रोजेक्ट पूरा हुन ६÷७ वर्ष लाग्न सक्छ भन्ने ज्ञानै नभएपछि यस्तै हुन्छ । निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि आयोजना निर्माण गर्न लगाएर आफूले जस लिने सोच राखेर माधव विश्वबैंकलाई पत्र लेखेका थिए । तर,परिस्थिति आफ्नो कावुलमा कहाँ रहन्छ र ? माधवको चेतावनीयुक्त पत्र विश्वबैंकले योजना स्थगित मात्र गरेन । फेरि योजना ‘लिस्ट’ मा नै नआउने गरी बिच्कियो ।
हुन त आफूले चिठी नलेखेको प्रस्टीकरण माधवले दिएका छन् । म चुनौती दिन्छु,उनको चिठ्ठी अहिले पनि पार्टी कार्यालयमा गएर हेरे हुन्छ । अहिलेको लोडसेडिङ्गको एक प्रमुख पात्र हुन्,माधव नेपाल स्विकार्नु,नस्विकार्नु उनको इमानदारीताको कुरो हो । नस्विकार्दैमा सत्य मर्दैन । तथ्य मेटिंदैन ।
राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ बाट हामीले साभार गरेका हौं । पुस्तक २९ माघ शनिबार प्रज्ञा प्रतिष्ठानमा विमोचित गरिएको थियो । –सम्पादक
यो पनि पढ्नुस्
http://news-nepal.com/%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A4%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%AE/
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...












