बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ
ब्रसेल्स । फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् ।
उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले यस्तो प्रदर्शन गरेको बताइएको छ ।
उनीहरुले प्रदर्शन गरेको क्षेत्रमा युरोपेली संसद्, युरोपेली केही कार्यालयहरु रहेकोले सतर्कता अपनाउन भन्दै प्रहरीले सो क्षेत्रलाई प्रदर्शन निषेधीत क्षेत्र घोषणा गरेको थियो । प्रहरीले बेल्जियमका युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो सङ्ख्यामा प्रहरी खटाएको जनाएको छ ।
प्रदर्शनकारीहरुले सवारी सञ्चालनमाथि रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिड्न पनि दिएका थिएनन् । प्रहरीले सो क्षेत्रमा कडा सुरक्षा अपनाएर करीब ७० जनालाई पक्राउ गरेको जनाएको छ ।
बेल्जियम प्रहरीका प्रवक्ता इस्ले भान डि कारीले उनीहरु पक्राउ परेको जानकारी दिएका छन् । बेल्जियमको बेल्गा समाचार समितिले भनेको छ,“प्रदर्शनकारी युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका थिए र उनीहरुले फ्रान्स छिर्ने तथा राजधानी ब्रसेल्सबाट बाहिर धेरै तिर जाने बाटोहरु बन्द गरिदिएका थिए ।”
यो पहेँलो टिसर्टधारीहरुको प्रदर्शन फ्रान्सबाट शुरु भएको हो । गत महीना भएको इन्धनको मूल्य वृद्धि गर्ने निर्णयका विरुद्धमा फ्रान्समा प्रदर्शन भएको थियो । त्यसको समर्थनमा शनिबार बेल्जियममा पनि प्रदर्शन भएको हो ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...