जब मेस्सी चम्किए…
काठमाडौँ । पाँचचोटि बालून दोर जितेका लियोनेल मेस्सीलाई सन् २०१८ मा बालून दोरको पाँचौं स्थानमा राखिएको पटक्कै चित्त बुझेको रहेनछ ।
अझ त्यसमाथि ब्राजिलका महान् फूटबल खेलाडी पेलेले ‘मेस्सी जम्मा एउटा गोडाले बल हान्छन्’ र ‘उनीसँग जम्मा एउटा क्षमता’ छ भनी गरेको टिप्पणीले उनलाई चोट लागेको रहेछ ।
जे भए पनि बार्सिलोनाका यी १० नम्बरका खेलाडीले आफूभित्रको सारा क्रोध इस्पान्योलविरुद्धको खेलमा पोखे ।
मेस्सीले दुईवटा सुन्दर फ्रीकिकलाई गोलमा परिणत गरे अनि उस्मान डेम्बेलेका लागि गोलको अवसर जुटाए । त्यसबाहेक पनि उनले अद्भुत खेल देखाए र बार्सालाई कोर्नेलामा इस्पान्योलविरुद्ध ४–० को प्रभावशाली जीत दिलाए ।
मेस्सीले आफ्नो उद्देश्य १७औं मिनेटमा व्यक्त गर्दै घुमाएर हानेको फ्रीकिक गोलपोस्टको कुनाको मास्तिरबाट च्यापेर गोल भयो । इस्पान्योलका गोलकीपर डीएगो लोपेजले आत्तिएर गरेको डाइभले पनि गोल छेक्न सकेन ।
त्यसपछि उनले डेम्बेलेका लागि गोलको अवसर जुटाउन गरेको ड्रिबल हेर्दा मात्र पनि प्रशंसकको मन मुग्ध भयो ।
मेस्सीले इस्पान्योलका एक डिफेन्डरलाई बिजुली चम्केजस्तो तीव्र गतिमा गोडा चलाएर झुक्याए, अगाडि बढे, फनक्क घुमे अनि लडे, बल आफैंसँग राखिरहे, उठे अनि डेम्बेलेलाई पर्फेक्ट पास दिए । अरू खेलाडीले त्यस्तो पास दिनै सक्दैन थिए ।
मेस्सीको यो खेल फूटबल कलाको अनुपम नमूना थियो र डेम्बेलेले त्यसलाई गोलमा परिणत गरेर अमर तुल्याए ।
त्यसपछि पनि मेस्सीलाई फेरि अर्को जादू देखाउन धेरै समय लागेन । उनले सनसनीपूर्ण पास दिँदै इस्पान्योलको डिफेन्सलाई पूरै झुक्याएर सुआरेजकहाँ पुर्याए । सुआरेजले बल पोस्टमा ठोकाए ।
मेस्सीको त्यो पास यति पर्फेक्ट थियो र यसरी मज्जाले हानिएको थियो कि इस्पान्योलका सेन्टरब्याकहरू जिल्ल परेर हेरेको हेर्यै भए ।
मेस्सीले अर्को फ्रीकिक सेकेन्ड हाफमा हाने अनि गोलकीपर लोपेजलाई फेरि पनि ट्वाल्ल पारे । सन् २०१८ मा मेस्सीले खेलेका सबै प्रतियोगितामा सेटपीसबाट गरिएको यो दशौं गोल थियो ।
मेस्सीले स्वीकार त गर्दैनन् तर अघिल्लो हप्ता भएका घटनाक्रमले उनलाई इस्पान्योलविरुद्धको खेलमा थप प्रेरणा दिएकोमा शंका छैन । खेलका क्रममा उनले झुक्केर गलत पास दिएपनि मैदानको आफ्नै भागतिर ४० यार्ड पछाडि दौडेर बल खोस्न दौडिएको दृश्य प्रायः देख्न पाइन्न ।
शनिवार डियारियो स्पोर्टले इस्पान्योलको स्टेडियममा मेस्सीले आफ्नो स्तरको अविश्वसनीय प्रदर्शन अहिलेसम्म गर्न नसकेको र त्यहाँ उनले करीयरकै जम्मा दुई गोल गरेको भनी लेखेको थियो ।
तर शनिवार सनसनीपूर्ण खेल देखाएर उनले बार्साको डर्बी प्रतिद्वन्द्वीविरुद्ध अन्य खेलाडी भन्दा बढी गोल गर्ने क्रममा १९औं गोल गरे ।
फूटबलको मैदानबाहिर मेस्सी धेरै बोल्दैनन् । त्यसैले उनले बालून दोरको र्यांकिङका बारेमा टिप्पणी नगर्नु आश्चर्यको कुरा हैन । खेलमा मुखको साटो उनले गोडालाई बोल्न लगाए अनि पेलेले इंगित गरेको त्यही देब्रे गोडाले इस्पान्योललाई भारी पराजय दिलायो ।
अनि च्याम्पियन्स लीगको अन्तिम १६ मा समूहविजेताका रूपमा बार्सिलोना छनोट भइसकेपनि मंगलवार टोटनहमविरुद्धको खेलमा मेस्सीले हिजोको जस्तै अद्भुत प्रदर्शन गरेर संसारलाई आफ्नो महानताको सन्देश दिए भने कुनै आश्चर्य हुने छैन ।
मेस्सी अहिले बेस्सरी रिसाएका छन् र उनको बाटोमा आउने सबै अभागीले भारी मूल्य चुकाउनुपर्ने देखिन्छ ।
गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषणको भावानुवाद
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...