अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा
वासिङटन । संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ ।
वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गर्नुभएको छ । डेमोक्राटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्नु हुनेछ ।
उक्त घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउनुहुनेछ भने चुनावी अभियानका लागि आवश्यक कर्मचारी नियुक्ति गर्न पाउनु हुनेछ । डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिका लागि अन्य प्रभावशाली नेताहरुमध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ । अमेरिकाको आयोवा राज्यको प्रारम्भिक चरणको अभियान शुरु हुनुभन्दा झण्डै १३ महिना अघि वारेनको उम्मेदवारी घोषणा भएको हो ।
“अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको शिकार भएका छन्,” वारेनले सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा भनिएको छ । उहाँ म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ । उहाँ अमेरिकी आर्थिक रुपान्तरणका लागि निकै लोकप्रिय नेतृ हुनुहुन्छ ।
“भ्रष्टाचारले हाम्रो लोकतन्त्रलाई दूषित गरिरहेको छ,” उहाँले भन्नुभयो, “नेताहरुको ध्यान अन्यत्रै छ । यता ठूला बीमा कम्पनीहरुले अति जरुरी जीवन रक्षक औषधोपचार पनि दिइरहेका छैनन् । ठूला बैंकहरुले उपभोक्तालाई ठगिरहेका छन् भने ठूला तेल कम्पनीहरुले हाम्रो पृथ्वी ग्रहलाई क्षतविक्षत पारिरहेका छन् ।”
त्यही कारण, उहाँको भनाइमा, राष्ट्रपतिको उम्मेदवार हुन प्रारम्भिक तयारीका लागि एक समिति बनाएकी छु ।
सरकारी स्कुलकी पूर्व शिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुनुहुन्छ । तर अमेरिकी जनताले राष्ट्रपति ट्रम्पसँग जुध्न वारेनका सीमामाथि ध्यान दिने सम्भावना छ । दुवै नेताबीचको रस्साकस्सीले मिश्रित प्रतिफल दिएको छ ।
वारेनको पछिल्लो घोषणाप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै आफूलाई सन् २०२० मा राष्ट्रपतिबाट विस्थापन गर्न नसक्ने बताउनुभयो । राष्ट्रपति ट्रम्पले वारेन उठ्ने विषयमा फक्स न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “तपाइँले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ ।”
राष्ट्रपति ट्रम्प नै सन् २०२० मा रिपब्लीकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ ।
डेमोक्राट पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडा समेतका तीन दर्जन उम्मेदवार हुने सम्भावना छ । रासस/एएफपी
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...