नेमार सर्वाधिक महंगा खेलाडी, मूल्य २०६.५ मिलियन पाउन्ड
एजेन्सी । ब्राजिलका स्टार नेमार संसारकै मूल्यवान् खेलाडी भएका छन्। हालैको एक अध्ययनले २६ वर्षीय नेमारलाई महँगो खेलाडीको सूचीमा राखेको छ। फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यवान् खेलाडीको पहिलो सूचीमा राखेको हो। नेमारको मूल्य २०६.५ मिलियन पाउन्ड रहेको छ।
नेमारपछि दोस्रो स्थानमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे रहेका छन्। तेस्रो स्थानमा अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेसी छन्। एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउन्ड रहेको छ। मेसीको मूल्य १८३.२ मिलियन पाउन्ड छ।
यसैगरी महँगा खेलाडीको शीर्ष १० मा इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको वर्चस्व छ। फुटबल बेन्चमार्कका अनुसार १५१.६ मिलियन पाउन्ड मूल्य रहेका लिभरपुलका मोहमद सलाह चौथो, १४८.२ मिलयन पाउन्ड मूल्य रहेका इडेन हाजार्ड पाँचौं, १३६.१ मिलियन पाउन्डसहित टोट्टनहामका कप्तान हेरी केन छैटौं र १२९.४ मिलियन पाउन्डसहित केभिन डे ब्रुुयन सातौं स्थानमा छन्।
शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोइन ग्रिजम्यान र फिलिप काउटिन्हो रहेका छन्। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० भित्र अटाउन सकेका छैनन्। १२औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउन्ड मात्रै छ।
संसारकै महँगा खेलाडीको सूचीमा रहेका नेमार दुई वर्षअघि स्पेनिस महारथी बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए। तर, नेमार पीएसजीमा त्यति नरमाएको समाचार बाहिरिएको थियो। उनी पछिल्लो समय बार्सिलोना फर्कन चाहेको र एजेन्टमार्फत सल्लाह गरिरहेको हल्ला पनि चल्न थालेको छ।
बर्सिलोनाका कप्तान मेसीले हालै मात्र पूर्वसहकर्मी नेमार बार्सिलोना फर्किएको हेर्न आफू आतुर रहेको बताएका थिए। मेसीले हालै क्रिसमस बिदामा स्पेनिस पत्रिका मार्कालाई अन्तर्वार्ता दिने क्रममा नेमारको बार्सिलोना फिर्तीबारे खुलासा गरेका थिए। पहिला नेमार मेसीको छायामा परेका कारण पीएसजी गएको समाचार पनि बाहिर आएको थियो।
अहिले आएर नेमार पीएसजीमा खुसी नरहेको र बार्सिलोना फर्कन एजेन्टमार्फत सल्लाह गरिरहेको समाचार आएका छन्। मेसीले नेमारको बार्सिलोना फर्कने सम्भावना बारे भनेका छन्– ‘नेमार बार्सिलोना फर्कन सक्नेछन्। त्यो प्रक्रिया भने निकै कठिन हुुनेछ। उनी फर्किऊन् भन्ने हामी सबै चाहन्छौं। यहाँको ड्रेसिङ रुम र लकरले समेत नेमारलाई सम्झिरहेको छ जस्तो लाग्छ।’
मेसीले नेमार र आफू एकदम मिल्ने साथी भएको र महत्वपूर्ण क्षण सँगै बिताएको पनि बताए। बार्सिलोनाले नेमारलाई फर्काउन चाहे पनि पीएसजीले उनलाई सजिलै छाड्नेमा त्यति विश्वास भने गरिएको छैन।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...