संवैधानिक परिषद्द्वारा वित्त आयोग प्रमुखमा बालानन्द, समावेशीमा शान्तराज सिफारिस
काठमाडौँ । संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगमा प्रमुख नियुक्तिका लागि सिफारिसगरेको छ । परिषद्को आइतवार अपराह्न सिंहदरवारमा बसेको बैठकले संवैधानिक आयोगहरूका प्रमुख पदमा नियुक्तिका लागि सिफारिसगरेको हो ।
परिषद्ले प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका पौडेल र सुवेदी पूर्व सचिव समेत हुन् ।
संविधानको धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख नियुक्त गर्ने प्रावधान छ ।
परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गर्नु केही घण्टाअघि बैठक बसेको थियो ।
प्रधामनन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।
Comments
अरु समाचार
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...