कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उहाँहरूको अधिकारको विषय भएको उल्लेख गर्नुभयो ।
‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ’, उहाँले भन्नुभयो । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औँल्याउनुभयो ।
‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन’, उहाँले भन्नुभयो । अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताउनुभययो ।
गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो । ‘आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ’, उहाँले भन्नुभयो । गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न सङ्घीय गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । लुम्बिनी प्रदेश सरकारका समाजिक विकासमन्त्री रत्न खत्री, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललगायतले कारागार सुधारका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
विसं २०७९ मङ्सिरमा निर्माण गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० कैदीबन्दी छन् । तीन हजार कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको काम सम्पन्न भएको छ । कारागारको दोस्रो र तेस्रो चरणको काम अझै बाँकी छ ।
Comments
अरु समाचार
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...
-
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति...
-
ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम
काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै...
-
जनआस्था कार्यालयमा बम हान्ने र प्रधानसम्पादक श्रेष्ठलाई ज्यान मार्ने धम्की
काठमाडौं । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्यार्थी संगठनको सचिव बताउने एकजना व्यक्तिले जनआस्था साप्ताहिकको कार्यालयमा बम हान्ने र प्रधानसम्पादकलाई...
-
६ वटा संसदीय समितिको बैठक बस्दै, ईयूको ‘सेफ्टी लिस्ट’ छलफलको विषय
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको बैठक...
-
बागमतीका मुख्यमन्त्री लामाले आज शपथ लिँदै, १३ सदस्यीय मन्त्रिपरिषद गठन हुने
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले...