ताजा समाचार

११ गते चिकित्सा शिक्षा विधेयक पास हुने भट्टराईको दावि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले ११ गतेको बसेकै ठाउँबाट भएपनि विधेयक पास हुने बताएका छन् ।

रिपोर्टस क्लबमा भएको एक कार्यक्रममा बोल्दै नेता भट्टराईले ११ गते कुनै पनि हालतमा विधेयक पास हुने बताउँदै रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरि पास हुने बताए ।

‘कांग्रेसका नेता रामचन्द्र पौडेल सभामुख हुँदा बसालेको संस्कारलाई आत्मसात गर्दै मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पास गर्नुपर्ने अवस्था आउन सक्छ’ नेता भट्टराईले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org