महायज्ञमा बौद्ध धर्मावलम्बीको भीड
काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बौद्ध धर्मावलम्बीको भीड बढ्न थालेको छ ।
धार्मिक सहिष्णुताको नमूना प्रस्तुत गर्दै यस क्षेत्रमा हिन्दूका गतिविधिमा बौद्ध र बौद्ध धर्मावलम्बीका सांस्कृतिक समारोहमा हिन्दू धर्मावलम्बीको उपस्थिति हुने गरेको छ । महायज्ञ आयोजक समितिले सप्ताह मण्डप र आसपासको क्षेत्रमा बौद्ध धर्ममा आधारित ध्वजा सजाएका छन् । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा वैदिक मन्त्रोचारणसँगै रोचक ढङ्गले पूर्वीय संस्कृतिमा आधारित कथा वाचन गरिन्छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको धेरै संस्कार मिल्दाजुल्दा पनि छन् । बौद्ध धर्मावलम्बीले महायज्ञमा कथा श्रवण गर्नुका साथै आर्थिक सहयोगसमेत गरिरहेका छन् । यसले प्राचीन समयदेखि नेपाली समाजमा विद्यमान धार्मिक सहिष्णुताको संस्कारलाई अझ बलियो बनाएको आयोजक समिति मातहतको अतिथि सत्कार उपसमितिका संयोजक राजेश दाहाल बताउँछन् ।
दाताबाट हालसम्म रु १० लाख ५२ हजार ९७ सङ्कलन भएको छ । वृद्धवृद्धा तथा अन्य इच्छुक सबैका लागि महायज्ञकै क्रममा समय समयमा सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । गत शुक्रबार वैदिक मन्त्रोच्चारणसँगै महायज्ञ शुरु भएको थियो । राजा मानदेवका पालामा बनेको महाँकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ महायज्ञ आयोजना गरिएको हो ।
मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पुजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप बनाउने लक्ष्य पनि लिइएको छ । राजा मानदेवको पालामा महाँकालसहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना भएको थियो ।
Comments
अरु समाचार
-
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गरिनुपर्छ’
काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ...
-
बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
सहारा नेपाल साकोसको २९औँ साधारण सभामा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सलकपुर (मोरङ) । “मेरो गौरव, मेरो सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण...
-
रवि र छविको मुद्दामा आज पेसी !
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम...












