झुटो आपराधिक घटना तयार पार्ने पक्राउ
काठमाडौंँ । बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।
काठमाडौँको गोङ्गबुमा रहेको रियल टाइगर टुर्स एण्ड ट्राभल्सबाट रु आठ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा गल्याङ नगरपालिका– ११ घर भई हाल काठमाडौँ धापासी बस्दै आएका तीलकराम अधिकारीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
ट्राभल्सबाट डेजिना बस्नेतले बैंकमा जम्मा गर्न बुधबार उक्त रकम पठाएकामा लाजिम्पाटबाट केही व्यक्तिले बन्दुक देखाई केही चिज सुँघाएर बेहोस पारी रकम लुटेर फरार रहेको भन्ने जानकारी आएपछि अनुसन्धान गर्दा अधिकारीले झुटो विवरण पेश गरी मिलेमतोमा रकम लिएको पत्ता लागेको सिंहले जानकारी दिए ।
महाशाखाको टोलीले अधिकारीसँग गरेको अनुसन्धानका क्रममा उनले साथी अमृत डुम्रेको सामाखुसीस्थित कोठामा उक्त रकम लुकाएको अवस्थामा भेटिएको थियो । अधिकारी र डुम्रे मिलेर बेहोस बनाउने क्लोरोफर्म एकअर्कालाई सुँघाएर बनावटी आपराधिक घटना बनाई रकम लिने नियत देखिएको प्रहरीको भनाइ छ । सो घटनामा संलग्न अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको र डुम्रे फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गरिनुपर्छ’
काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ...
-
बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
सहारा नेपाल साकोसको २९औँ साधारण सभामा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सलकपुर (मोरङ) । “मेरो गौरव, मेरो सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण...
-
रवि र छविको मुद्दामा आज पेसी !
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम...












