ताजा समाचार

सदनमा भेनेजुएला प्रकरणको प्रवेश, प्रचण्डमाथिको षडयन्त्र या सरकारको बदनामी ?

काठमाडाैं । भेनेजुएला प्रकरणमाथि विभिन्न टिकाटिप्पणी चलेका बेला यसबारे सदनमा समेत चर्को आवाज उठ्न थालेको छ ।

आज चलेको सदनमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भेनेजुएला प्रकरणबारे सरकारको स्पष्ठ धारणा माग गरेपछि यसले झनै चर्को रुप लिने देखिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डको नाममा एक्कासी आएको वक्तव्यले केहि समय नेपाली मिडियामा छरपष्ट रुपमा अमेरिकी राष्ट्रपतिले नेपाल सरकारको आधिकारीक धारणा माग गरेको भन्ने खालका समचार समेत आए । तर, अन्ततः ट्रम्पले नेपाललाई चिन्ने नै रहेनछन भन्ने कुरा समेत प्रकाशमा आउन थालेका छन् ।

यसै सन्दर्भमा केहि दिन पहिले मात्रै अमेरिकी राजदुतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि उनले नेपालको धारणा समेत मागेको भन्ने खवरहरु आए । वास्तवमा यो केहि नभएर खाली ओैपचारिक रुपमा भेटवार्ताकालागि पुगेका राजदुतको विषयलाई विषयान्तर गरेर कुरा मोड्न खोजिएको तथ्य बाहिरिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार राजदुतसंग अमेरिकामा रहेका नेपालीहरुको समस्याबारे सामान्य छलफल मात्रै भएको थियो ।

तर, प्रचण्डलाई कसैगरि फसाउने गिरोहले भेनेजुएला प्रकरणलाई उचाल्दै पुनः व्युँताउने कोसिसमा लागेको उनी निकट स्रोतको बुझाई रहेको स्रोतको दावी छ । स्रोतका अनुसार आज सदनमा समेत यसैगरि भेनेजुएला प्रकरणले प्रवेश पाएको हुन सक्ने भन्दै सुवालमाथि समेत शंकाको वातावरण आउन सक्ने दावी छ । भने, यस्ता तत्वहरु या त प्रचण्डलाई फसाउन चाहन्छन या सरकारलाई स्रोतले भन्यो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org