दाइजोका कारण टिकाटालो रद्द, ५० हजार दाइजो दिन नसक्दा आत्महत्या !
पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो ।
छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेको उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।
यसपटक भने सीमापारि भारतबाट केटा पक्ष आउन लागेका थिए । केटा पक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटा पक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न् प्रहरीले स्थानीय चन्दावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पु-याएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...