गृहकार्य नगरेको भन्दै आमाले पिट्दा छोरीको मृत्यु !
ताप्लेजुङ । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै ।
मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका तत्कालीन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेका स्टाटस हो यो । यो समाचार आजको अन्नपूर्णपोस्ट दैनिकमा छ ।
आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए । आमा अदालतको फूलबारी दैनिक रेखदेख गर्थिन् । चार वर्षकी छोरी स्कुल जान थालेकी थिइन् । भगवान्जस्ती तिनै आमाको हात बच्चीका लागि काल बनिदियो । ३२ वर्षीया पूजा चेम्जोङका कारण चार वर्षीया छोरी मनिकाको प्राणपखेरु उड्यो ।
स्थानीयका अनुसार बुवा सन्तवीर लिम्बु बिहानै काममा निस्कएका थिए । गृहकार्य नगरेको भन्दै मदिराले लट्ठ भएकी पूजाले बिहीबार छोरीलाई पिटेकी थिइन् । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाका अनुसार गृहकार्य नगरेकाले स्कुल जान नमोपछि आमाले कुटेकी थिइन् ।
Comments
अरु समाचार
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...