ताजा समाचार

दमाई हुँदा समाजमा बस्नै गार्हो, एकै परिवारका सदस्यको थर नै बेग्लाबेग्लै

तेह्रथुम । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ ।

दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको छ । आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले नेपाली बनाएर दिएको स्थानीय टंकबहादुर सार्कीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

२०४० पुस ८ मा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नूतननारायाण चापागाईले हस्ताक्षर गरेका छन् । आफूहरुको नागरिकता दमाई जातिको हुँदा समाजमा बस्नसमेत अप्ठ्यारो परेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org